६ बैशाख २०८१, बिहीबार
बहुमत जोसँग छ, नेकपा र चुनाव चिन्ह उसैले पाउँछ : पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेती
  • काँचुली खबर

पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आयोगलाई उपलब्ध गराइएको केन्द्रीय सदस्य र पदाधिकारीको बहुमतका आधारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वैधानिकता निक्र्यौल हुने बताएका छन् ।

उप्रेतीले हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै आफ्नो आधिकारिक परिचय पत्रसहित आएका केन्द्रीय सदस्यको बहुमत जता छ उसैले नेकपाको नाम, चुनाव चिन्ह र झण्डा पाउने कानूनी प्रक्रिया र यसअघिको प्रचलन रहेको बताएका हुन् ।

नेकपाका दुवै पक्षले आफू आधिकारिक भएको दाबी गरेर नहुने भन्दै उप्रेतिले निर्वाचन आयोगमा दर्ता गराइएको विवरणमा ४ सय ४१ केन्द्रीय सदस्य रहेको र त्यसैको बहुमत जोसँग छ उही आधिकारिक हुने बताएका थिए ।

प्रचण्ड-नेपाल पक्षले विधान अनुसार ४ सय ४१ जना केन्द्रीय सदस्यमध्ये आफूहरुको पक्षमा २ सय ९५ रहेको दावी गरेको छ भने ओली पक्षले नेकपाको विधान विपरीत केन्द्रीय सदस्य विस्तार गरेर १५ सय १ सदस्यीय बनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिक मान्यता र सूर्य चुनाव चिन्ह कसले पाउँछ ? प्रधानमन्त्री केपी ओली र प्रचण्ड-माधवकुमार नेपाल पक्ष अलग-अलग भएपछि अहिले एकले अर्कोले आफूहरुले पाउने दावी गरिरहेका छन् ।

  • २९ पुष २०७७, बुधबार १८:४१ प्रकाशित
  • Nabintech