१२ बैशाख २०८१, बुधबार
आमा बनिन अनुष्का, पहिलो सन्तानका रुपमा पुत्री लाभ !
  • काँचुली खबर

बलिउड अभिनेत्री अनुष्का शर्माले छोरीलाई जन्म दिएकी छन् । अनुष्काका श्रीमान् क्रिकेटर विराट कोहलीले समाजिक सञ्जालमा यस बारेमा जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, ‘हामी खुशी छौँ की आज मध्यान्हमा हाम्री छोरी जन्मिएकी छन् । हामी तपाईँहरु सबैको माया, प्रार्थना र शुभकानमनाप्रति कृतज्ञ छौँ । अनुष्का र छोरी दुवै स्वस्थ छन् र जीवनको नयाँ यात्रामा जान उत्साहित छौँ । हामी आशा गर्छौ तपाई हाम्रो यो पल्टको गोपनीयताको सम्मान गर्नुहुनेछ । विराटको तर्फबाट धेरै माया !’

विराट र अनुष्काले गएको अगस्टमा आफू अभिभावक बन्न लागेको खबर तस्बिर मार्फत सार्वजनिक गरेका थिए । उनीहरुले सन् २०२१ मा बच्चा जन्मने बताएका थिए ।

  • २७ पुष २०७७, सोमबार २०:१३ प्रकाशित
  • Nabintech