७ बैशाख २०८१, शुक्रबार
खुल्ला भलिबलमा दोस्रो चरणका खेलहरु सुरु
  • काँचुली खबर

बाँकेको हवल्दारपुरमा जारी खुल्ला भलिबल प्रतियोगिताको दोस्रो चरणको खेलमा ट्रेड यूनियन महासंघ कोहलपुर नगर कमिटिले विजय सुरुवात गरेको छ । प्रतियोगिताको तेस्रो दिन सोमबार पहिलो चरणका छ वटा टिम र दोस्रो चरणकालागि दुई वटा टिम बिच प्रतिस्पर्धा भएको थियो । पहिलो चरणका खेलहरुमा अखिल ट्रेड यूनियन महासंघ नेपाल (ए), अखिल ट्रेड यूनियन महासंघ नेपाल (बि), डाइनामिक माध्यामिक विद्यालयहरुले विजय सुरुवात गरेका छन् ।

अखिल ट्रेड यूनियन महासंघ नेपाल (बि) ले ५ नम्बर बाहिनी (एपिएफ) बुटवललाई (२५-२१, २७-२५) मा पराजित गर्दै विजय सुरुवात गरेको हो । त्यसैगरी डाइनामिक माध्यामिक विद्यालयले त्रिभुवन माध्यामिक विद्यालयलाई (१६-२५, २५-८,२६-२४) मा वेष्ट अफ द थ्रि खेल खेल्दै विजय सुरुवात गरेको छ । अखिल ट्रेड यूनियन महासंघ नेपाल (ए) ले प्रहरी व्यायाम शालालाई (२५-१७,२५-१३) मा सोझो जित हात पार्न सफल भएको छ ।

दोस्रो चरणको खेलमा ट्रेड यूनियन महासंघ कोहलपुर नगर कमिटिले ब्राइटलाइटलाई (२५-१७, २५-१३) मा पराजित गर्दै विजय सुरुवात गरेको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद ५० हजार र द्धितीय हुनेलाई २५ हजार पुरस्कार सहित प्रमाण पत्र र ट्रफि सहित पुरस्कारको व्यवस्था गरिएको च्याम्पियन स्पोर्ट क्लबका अध्यक्ष निर्मल विष्टले जानकारी दिए ।

प्रतियोगिताका लागि कोहलपुर नगरपालिका ९ र १४ को वडा कार्यालयहरुले संयूक्त रुपमा सहयोग गरेका छन् भने प्राविधिक सहयोग जि-फोटिन युथ एण्ड स्पोर्ट क्लबले गरेको छ । प्रतियोगिता अन्तर्गत भोली दोस्रो चरणका खेलमा तीन वटा टिम विच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ ।

  • २७ पुष २०७७, सोमबार १९:५९ प्रकाशित
  • Nabintech