१६ चैत्र २०८०, शुक्रबार
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा झडप
  • काँचुली खबर

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास हानेको छ ।

विद्यालयका भिसी नन्दबहादुर सिंहलाई ज्ञापन पत्र बुझाउन भन्दै विद्यार्थीको एउटा समूह त्यहाँ पुगेको थियो । तर, सिंहले ज्ञापन पत्र बुझ्न मानेनन् । सिंहले मातहतका परीक्षा नियन्त्रण कार्यालय लगायतलाई बुझाए हुने बताएका थिए ।

तर, उनी निस्किने क्रममा विद्यार्थीले ढुंगामुढा गर्न थालेपछि तनाव सिर्जना भएको सुर्खेत प्रहरीका डीएसपी रामप्रसाद घर्तीले बताए । घटनामा तीन जना विद्यार्थी घाइते छन् ।

अनलाईनखबरबाट

  • २६ पुष २०७७, आईतवार २१:११ प्रकाशित
  • Nabintech