२६ बैशाख २०८१, बुधबार
रहश्यमयि बन्दै पत्रकार राजबंशीको मृत्यु
  • काँचुली खबर

पत्रकार अनुपासिंह राजवंशीको मृत्यु थप रहश्यमयी बन्दै गएको छ । नेपालगन्ज स्थित सिंग्नेट कृष्णा होटलमा सोमबार मध्यराती नृत्य गर्दागर्दै अचेत भएकी राजवंशीको मृत्युको स्पष्ट कारण अहिलेसम्म खुल्न सकेको छैन । होटलले आयोजना गरेको स्विमिङ पुल डान्स पार्टीमा साथीहरुसँग डान्स गर्ने क्रममा बेहोस भएको केहि समयमा राजवंशीलाई मृत घोषणा गरिएको थियो । बेहोस भएकी राजबंशीलाई उपचारका लागि अस्पताल लैजानुपर्नेमा केहि समय होटलकै एक कोठामा राखिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
समयमा उपचार नपाएका कारण अनुपाको मृत्यु भएको अनुमान गरिएको छ । अचेत अवस्थामा रहेको करीव १ घण्टा पछि मात्र उपचारकालागि अस्पतालमा लगिएकोमा अस्पताल पुगे लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

युवा पत्रकार अनुपा सिंह राजवंशीको मृत्यु रहश्यमय भएको भन्दै पत्रकार महासंघ बाँकेले निष्पक्ष छाविनको माग गरेको छ । सोमबार राती नेपालगन्जको सुर्खेतरोडमा रहेको होटल सिग्नेट इन कृष्णामा आयोजना गरीएको पुल पाटीमा राजवंशीको रहश्यमय तरीकाले मृत्यु भएको घटनाप्रति आफ्नाे गम्भीर ध्यानाकर्षण भएको भन्दै महासंघ बाँकेले घटनाको सत्यतथ्य छानविन गरि सार्वजनिक गर्न आग्रह गरेको छ ।
मंगरबार एक विज्ञप्ती जारी गर्दै पत्रकार महासंघ बाँकेले घटनाको सत्यतथ्य उजागर गर्न सम्बन्धित निकायलाई आग्रह गरेको हो । त्यसअघि शाखा अध्यक्ष ठाकुरसिंह थारुको नेतृत्वमा गएको टोलिले प्रमुख जिल्ला अधिकारी रमेश बहादुर के.सी. लाई भेटी घटनाको निष्पक्ष छानबिन गर्न आग्रह गरेको थियो । यसैबिच प्रेस चौतारी, प्रेस सेन्टर, प्रेस युनियन, थारु पत्रकार संघ लगायतका पत्रकारीता क्षेत्रमा सक्रिय बिभिन्न संघ, संगठनहरुले घटनाप्रति दुख ब्यक्त गर्दै घटनाको बास्तविकता बाहिर ल्याउन माग गरेका छन ।

प्रहरीले मृतक पत्रकार सिंहको शव परीक्षणकालागि भेरी अञ्चल अस्पताल पठाएको छ भने घटनाबारे थप अनुसन्धान शुरु गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता नायब प्रहरी उपरिक्षक राजेन्द्र अर्यालले घटनाबारे अनुसन्धान भइरहेको र परीक्षणपछि नै मृत्युका बिषयमा बताउन सकिने प्रतिक्रीया दिएका छन् । प्रहरीका अनुसार शव परिक्षण पश्चात पत्रकार राजवंशीको शव आफन्तलाई बुझाइनेछ ।
होटल सिग्नेट संचालन भएदेखि नै पटक-पटक बिबादीत हुने गरेको छ । केहि महिना पहिले सामुहिक बलात्कार भएको घटना सार्वजानीक भएको थियो भने होटल माथि सरकारी जग्गा अतिक्रमण गरेको समेत आरोप लाग्ने गरेको छ । स्थानीय प्रशासनले राती ९ः३० बजे सम्म कार्यक्रम गर्ने स्विकृति दिएपनि सिग्नेटमा मध्य रातीसम्म डान्स पार्टी चलिरहेको थियो ।
स्थानीय खजुरा गाउँपालिका निवासी २४ वर्षीया पत्रकार राजवंशी नेपालगञ्जस्थित बागेश्वरी  टेलिभिजनमा समाचार वाचिकाको रूपमा कार्यरत थिईन ।

  • ५ असार २०७५, मंगलवार २१:५५ प्रकाशित
  • Nabintech