१३ बैशाख २०८१, बिहीबार
बाँकेमा कोरोनाका ५ संक्रमित थपिदा २ को मृत्यु
  • काँचुली खबर

आईतबार बाँकेका थप ५ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लाका ३ वटा ल्यावमा गरिएको परिक्षणमा २ महिला र ३ पुरुषमा संक्रमण देखिएको हो ।

आईतबार मेडिकल कलेज कोहलपुरमा ३ र वागेश्वरी डाईग्नोष्टिकको परिक्षणमा २ जनामा संक्रमण पुष्टि भएपनि भेरी अस्पतालको ल्यावमा गरिएको परिक्षणमा कसैलाई संक्रमण नदेखिएको हो । बाँकेमा काकेरोना भाईरस संक्रमितको सँख्या ४४८८ पुगेको छ ।

यसैबिच बाँकेमा पछिल्लो २४ घण्टामा २ जनाले कोरोना भाईरस संक्रमणका कारण ज्यान गुमाएका छन । नेपालगन्जस्थित भेरी अस्पतालमा एक र कोहलपुरस्थित मेडिकल कलेजमा एक गरी दुईजनाको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रद्धारा जारी गरीएको तथ्याङ्कमा उल्लेख गरीएको छ ।

मृतक दुवै जना महिला हुन् । उनीहरु दुवै बाहिरी जिल्लाका हुन् । स्वास्थ्यमा समस्या देखिएपछि कोहलपुर मेडिकल कलेजमा भर्ना भएकी लिवाङ-४ रोल्पाकी ४२ वर्षीया महिलाको आईतबार विहान साढे तीन बजे मृत्यु भएको हो । उनी शनिवारमात्रै अस्पताल भर्ना भएकी थिइन् । उनको कोरोना पुष्टि पनि शनिवारमात्रै भएको थियो ।

यस्तै भेरी अस्पतालमा बबई-६ दाङकी ८० वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ । उनको १० गते नेपालगन्ज मेडिकल कलेजमा भाइरस संक्रमण पुष्टि भएको थियो । ९ गते उनको नमुना संकलन गरिएको थियो । कोरोना पुष्टि भएलगत्तै उनलाई १० गते राती भेरीको कोभिड आइसोलेसन वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । उनको आईतबार विहान साढे ६ बजे उपचारकै क्रममा मृत्यु भएको हो ।

  • २६ पुष २०७७, आईतवार १८:१३ प्रकाशित
  • Nabintech