१५ चैत्र २०८०, बिहीबार
सिद्दि कैलाश ढुवानि सेवाकाे साधारणसभा सम्पन्न
  • काँचुली खबर

काेहलपुर नगरपालिका ८ मा रहेकाे सिद्दि कैलाश यातायात ढुवानि सेवा प्रालिकाे दाेस्राे साधारणसभा सम्पन्न भएकाे छ । काेहलपुर स्वस्तिक कटेजमा शनिवार एक कार्यक्रमका बिच प्रालिकाे साभारणसभा सम्पन्न भएकाे हाे ।
साधारणसभामा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि काेहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले दुर्गममा सामाग्री ढुवानि गर्न यातायात व्यवसायिहरूकाे याेगदान महत्त्वपूर्ण रहेकाे बताए ।
प्रालिका अध्यक्ष खुम बहादुर खत्रीले संस्थालाई थप उचाईमा पुर्याउन वार्षिक समीक्षा आवश्यक भएकाले साधारणसभाकाे आयाेजना गरिएकाे बताए ।
साधारणसभामा प्रालिका कार्यालय प्रमुख महेन्द्र कुमार विष्टलाई उत्कृष्ट कार्यसम्पादन गरेकाे भन्दै कदर पत्रले सम्मानित गरिएकाे थियाे ।

  • २६ पुष २०७७, आईतवार १०:४८ प्रकाशित
  • Nabintech