१३ बैशाख २०८१, बिहीबार
पिएसएलको ड्राफ्टमा नेपालका १० खेलाडी
  • काँचुली खबर

पाकिस्तान सुपर लिग (पिएसएल) २०२१ को ड्राफ्टमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सहित १० खेलाडी ड्राफ्टमा परेका छन् ।

पाकिस्तान क्रिकेट बोर्डले शनिबार ड्राफ्टमा सहभागी खेलाडीको नाम सार्वजनिक गरेको छ । जसमा नेपालबाट प्लेनिटम क्याटेगोरीमा सन्दीप लामिछाने र सिल्भर क्याटेगोरीमा पारस सहित ९ खेलाडी परेका छन् । ड्राफ्ट आइतबार हुने छ ।

पिएसएलले सार्वजनिक गरेको ड्राफ्टमा सिल्भर विदेशी कोटामा उप कप्तान दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, कुशल मल्ल, पारस खड्का, अभिनाष बोहोरा, पवन सरार्फ, सुवास खकुरेल र आसिफ शेख छन् । ड्राफ्टमा एउटा टोलीले कममा १६ र बढीमा १८ खेलाडी टोलीमा अनुबन्ध गर्न पाउने छन् ।

हरेक टोलीले समान तीन-तीन प्लेटिनम, डाइमन्ड र गोल्ड क्याटेगोरीका खेलाडी अनुबन्ध गर्नुपर्ने हुन्छ । पाँच सिल्भर, इमर्जिङ र पूरक दुई-दुई खेलाडी अनुबन्ध गर्न पाउछन् । १६ कुल खेलाडी भएमा ११ अनिवार्य पाकिस्तानी खेलाडी हुनुपर्ने हुन्छ । १८ खेलाडी भएमा १२ पाकिस्तानी खेलाडी अनिवार्य अनुबन्ध गर्नुपर्ने हुन्छ । प्लेइङ ११ मा एउटा टोलीले कम्तिमा ४ मात्र विदेशी खेलाडी खेलाउने पाउने गर्दछन् ।

२० देशबाट ४ सय भन्दा बढी विदेशी खेलाडी पिएसएल ड्राफ्टमा छन् । पिएसएल २०२१ फेब्रुअरी २० देखि २२ मार्च सम्म लाहोर र कराँचीमा हुने बताईएको छ ।

  • २५ पुष २०७७, शनिबार १८:२८ प्रकाशित
  • Nabintech