१४ बैशाख २०८१, शुक्रबार
माइकल ज्याक्सनको कन्सर्ट २५ वर्षपछि करमुक्त
  • काँचुली खबर

२५ वर्षअघि मुम्बईमा आयोजित कार्यक्रम माइकल ज्याक्सनले भारतमा दिएको एक मात्र प्रत्यक्ष प्रस्तुति बन्यो । नोभेम्बर १ मा भएको त्यस कार्यक्रममा झण्डै ३५ सय दर्शक उपस्थित थिए ।

ज्याक्सनले १७ वटा गीत गाएका थिए । उनले १९९६ को सेप्टेम्बर देखि १९९७ को अक्टोबरसम्म ‘वर्ल्ड टूर’ गरेका थिए । विभिन्न देशमा गरेको ८३ वटा कार्यक्रम अन्तर्गत थियो मुम्बईको त्यो कन्सर्ट ।

त्यस समय महाराष्ट्रमा राजनीतिक दल शिव सेनाको दबदबा थियो । शिव सेनाले उक्त कार्यक्रमको मनोरञ्जन कर छुट गरेको थियो । कार्यक्रमको उद्देश्य परोपकारी भएकाले छुट दिएको बताइएको थियो ।

तर, उक्त कार्यक्रम तत्काल कानूनी विवादमा तानियो । सरकार, कन्सर्ट आयोजक र एक उपभोक्ता संरक्षण समूह विवादमा सामेल थिए । कार्यक्रम कर मुक्त गर्नु कति उचित भन्ने विषयमा विवाद भएको थियो । ज्याक्सनको संगीतलाई कसरी परिभाषित गर्नेरु भन्ने विषयमा पनि छलफल भएको थियो ।

माइकल ज्याक्सनले कन्सर्टबाट भएको मुनाफा शिव सेनाको ‘युवा रोजगार योजनाका’ लागि सहयोग गर्ने बताएका थिए । उक्त रकम १० लाख अमेरिकी डलरभन्दा बढी भएको लेखक सुकेटु मेहताले किताब ‘म्याक्सिमम सिटी’ मा जनाएका छन ।

तर, मुम्बई ग्राहक पञ्चायत उपभोक्ता संरक्षण समूहले तत्कालिन बम्बई उच्च अदालतमा कर छुटविरुद्ध निवेदन दिएको थियो । किनकि उक्त छुट घोषणा हुनु केही समयअघि मात्र सरकारले औषधी विक्रीमा कर बढाएको थियो । यी दुई घटना एकसाथ हुनुले विवाद चर्काएको हो ।

माइकल ज्याक्सनको प्रस्तुति हेर्न दर्शकले पाँच हजार भारतीय रुपैयाँ तिर्न परेको थियो । त्यस कार्यक्रमले आयोजक संस्था र शिव सेनालाई मात्र फाइदा पुर्‍याएको आरोप छ ।

उपभोक्ता समितिले कन्सर्टको टिकट बिक्रीबाट ३० मिलियनभन्दा बढी जम्मा गरेको र त्यसमा कर छुट निलम्बित गरेको विषयमा सरकारले जाँच गर्नुपर्ने भन्दै याचिका दिएको थियो ।

तर, कन्सर्ट भएको २५ वर्ष हुन लाग्दा महाराष्ट्रको वर्तमान सरकारले भने माफी बहाल गरिदिएको छ ।

राज्य मन्त्री सुभाष देसाईले मंगलवार साँझ क्याबिनेटमा माइकल ज्याक्सनको उक्त सांगीतिक कार्यक्रमका लागि मनोरञ्जन कर ३।३ मिलियन डलर माफ गर्ने प्रस्ताव पारित गरेका हुन् । उक्त रकम अब आयोजक संस्थाले हक दावी गर्न सक्छन् ।

  • २५ पुष २०७७, शनिबार १५:४१ प्रकाशित
  • Nabintech