१२ बैशाख २०८१, बुधबार
ट्विटरले लगायो ट्रम्पमाथी सधैंकालागि प्रतिवन्ध
  • काँचुली खबर

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्विटर खाता स्थायी रूपमा निलम्बित भएको छ । सामाजिक सञ्जालसम्बन्धी उक्त कम्पनीले ूहिंसा थप उक्साउने खतराू रहेको भन्दै उनको खाता निलम्बन गरेको हो ।

ट्विटरले ‘डोनल्ड ट्रम्पको खाताबाट हालै गरिएका ट्वीटको समीक्षापछि’ उक्त निर्णय लिइएको जनाएको छ ।

केही सांसद र चर्चित व्यक्तिहरूले ट्रम्पको खातामाथि प्रतिबन्ध लगाउन वर्षौंदेखि माग गर्दै आएका थिए ।

बिहीवार पूर्व राष्ट्रपति बराक ओबामाकी श्रीमती मिसेल ओबामाले ट्विटरले ट्रम्पको ‘राक्षसी व्यवहार’ माथि रोक लगाउनुपर्ने र उनलाई स्थायी रूपमा निष्कासित गर्नुपर्ने बताएकी थिइन् ।

ट्रम्पमाथिको प्रतिबन्धमा प्रतिक्रिया जनाउँदै सन् २०२० को चुनावी अभियानका सल्लाहकार जसोन मिलरले ट्वीट गरेका छन् ‘घिनलाग्दो…. यदि फेरि यिनीहरू आउँदैनन् भन्ने लाग्छ भने, तपाईँ गलत हुनुहुन्छ ।’

ट्रम्पमाथि किन प्रतिबन्ध ?

ट्रम्पले क्यापिटल हिलमा हमला गर्नेलाई ‘देशभक्त’ भनेपछि उनको खाता बुधवार १२ घन्टाका लागि अवरुद्ध गरिएको थियो ।

अमेरिकी संसद्ले राष्ट्रपतीय चुनावमा जो बाइडनको जितलाई औपचारिकता प्रदान गर्न प्रयास गर्दा ट्रम्पका सयौँ समर्थकहरू क्यापिटल भवनमा प्रवेश गरेका थिए ।

हिंसा भड्किँदा चारजना सर्वसाधारण र एक प्रहरी अधिकारीले ज्यान समेत गुमाएका थिए ।

ट्विटरले यदि ट्रम्पले ट्विटरका नियमहरू पुनस् उल्लङ्घन गरे उनीमाथि ‘स्थायी’ प्रतिबन्ध लगाउने भन्दै चेतावनी दिएको थियो ।

तर पुनस् ट्विटरमा पहुँच अनुमति दिइएपछि शुक्रवार ट्रम्पले दुईवटा ट्वीट गरे र तिनै ट्वीटलाई कम्पनीले बन्द गर्ने अन्तिम कारण भएको बताएको छ ।

उनका ट्वीटलाई ‘राष्ट्रपति ट्रम्प ‘व्यवस्थित सत्ता हस्तान्तरण’ सहज पार्ने योजनामा छैनन् भन्ने थप इङ्गित गरिएको’ जनाएको छ ।

ट्विटरले @realDonaldTrump खाता हटाएपछि ट्रम्पले अमेरिकी राष्ट्रपतिको आधिकारिक खाता @Potus बाट ट्वीट गर्दै ‘भविष्यमा आफ्नै त्यस्तै खालको सञ्जाल बनाउने सम्भाव्यताबारे हेरिहेको’ बताएका छन् ।

तर उक्त ट्वीट राख्ने बितिक्कै त्यसलाई हटाइएको थियो ।

प्रविधिसम्बन्धी अन्य कम्पनीले पनि ट्रम्प वा उनका समर्थकलाई हटाउँदै छन् ?

शुक्रवार ट्विटरले ट्रम्पका दुई बफादारहरू पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिन र महान्यायाधिवक्ता सिड्नी पावेललाई हटाएको थियो ।

बिहीवार, फेसबुकले ट्रम्पको खातालाई ‘अनिश्चितकाल’का लागि निलम्बित गरेको थियो ।

त्यसबाहेक गेम खेल्ने चर्चित साइट ट्वीचले पनि ट्रम्पको च्यानलमाथि अनिश्चितकालीन प्रतिबन्ध लगाएको थियो । ट्वीचमार्फत् ट्रम्पका र्‍यालीका कार्यक्रम प्रसारण हुने गर्थ्यो । त्यस्तै स्न्यापच्याटले पनि प्रतिबन्ध लगाएको थियो ।

ट्रम्पका लागि ट्विटर किन शक्तिशाली अस्त्र थियो ?

ट्रम्पले ट्विटरलाई आफ्ना विरोधीको आलोचना गर्न, समर्थकहरूलाई उक्साउन, अधिकारीहरूलाई बर्खास्त गर्ने लगायतमा प्रयोग गर्ने गर्थे ।

आलोचकहरूले उनका त्यस्ता ट्वीटहरूले गलत सूचना दिइरहेको बताए पनि ट्विटरले उनलाई मूलधारका सञ्चारमाध्यम छोडेर आफ्ना करिब ९ करोड समर्थकहरूसँग जोडिन सहयोग पुर्‍याएको थियो ।

उनका ट्वीटहरूमा बेलाबेला गल्तीहरू पनि देखिन्थे र कहिलेकाहीँ त्यसलाई फलोअरहरूले गलत व्याख्या पनि गर्ने गर्थे ।

वीवीसीबाट

  • २५ पुष २०७७, शनिबार १५:२३ प्रकाशित
  • Nabintech