विप्लव निकट विद्यार्थी संगठनद्धारा शिक्षक यादवलाई कारवाहीको चेतावनी
  • काँचुली खबर

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू (क्रान्तिकारी) ले बाँकेको हवलदारपुरमा रहेको राम माध्यामिक विद्यालयमा कार्यरत शिक्षक पवन कुमार यादवलाई कारबाहीको चेतावनी दिएको छ ।

विगत लामो समयदेखी विद्यालयमा नियमित उपस्थित नहुने, कहिलेकाही उपस्थित भैहालेमा पनि आफ्नो कक्षा नै नलिने, महिनौं तथा हप्तौंसम्म उपस्थित नभएर एकै पटक हाजिर लगाई आफ्नो तलव बुझ्ने गरेको गुनासो विद्यार्थी तथा अभिभावकहरूले गरेको भन्दै युुनियनले ध्यानाकर्षण जनाउँदै कारबाहीको चेतावनी दिएको हो ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

अनेरास्ववियू (क्रान्तिकारी) ले उक्त विद्यालयमा अनुगमन गर्दा शिक्षक यादव विगत २३ दिन देखि कुनै पनि किसिमको बिदा नलिइ तथा विद्यालय प्रशासनलाई कुनै जानकारी नै नदिएर अनुपस्थित रहेको प्रमाण भेटिएकाले यादवको हाजिरी पुस्तिकामा हाजिरी गयल प्रमाणित गरि संगठनको छाप लगाइएको विज्ञप्तीमार्फत जनाएको छ ।

भनिएको छ, ‘शिक्षक यादवलाई सुध्रिन वा राजीनामा गर्नको निम्ति चेतावनी दिन्छौं । साथै निज शिक्षकको अनुपस्थित रहेको सम्पूर्ण दिनको तलव कटौती सहित कडा कारवाहीको लागि सम्बन्धित निकायमा हाम्रो संगठन जोडदार माग गर्दछ ।’

  • २५ पुष २०७७, शनिबार १२:३९ प्रकाशित
  • Nabintech