१४ बैशाख २०८१, शुक्रबार
उपाधिकालागि आयोजकसँग बिबि वारियर्स भिड्ने
  • काँचुली खबर

बाँकेको कोहलपुरमा जारी कोहलपुर खुल्ला क्रिकेट प्रतियोगिताको फाइनलमा आयोजक कोहलपुर क्रिकेट एकेडेमी र बिबि वारियर्स प्रवेश गरेका छन् । शारदा एजुकेशन पार्कको आयोजनामा जारी प्रतियोगिताको उपाधिकालागि आयोजक कोहलपुर क्रिकेट एकेडेमीसँग बिबि वारियर्स भिड्ने भएको छ । फाईनल खेल भोली शनिबार बिहान ११ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।

यसअघि फाईनल राउण्डकालागि आज भएको पहिलो सेमीफाइनल खेलमा आयोजक कोहलपुर क्रिकेट एकेडेमीले न्यु दर्पण युथ क्लबलाई ४ विकेटले पराजित गर्यो । न्यु दर्पणले दिएको ६३ रनको लक्ष्य कोहलपुरले ९.२ ओभरमा ६ विकेट क्षेतिमा पुरा गर्यो ।

कोहलपुरको लागि विनायक गिरिले सर्वाधिक १७ रन, अजय शहानीले १३ रन, सन्दिप नेपालीले १२ रन तथा रमेश सिंहले १० रन बनाए । न्यु दर्पणका बलर सिमोन थापा र दिपक राना मगरले समान २ विकेट तथा करन भण्डारी र मोहन थापाले समान १ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिंग रोजेको न्यु दर्पणले १३.५ ओभरमा सबै विकेट गुमाएर ६२ रन बनाएको थियो । उसको लागि गजेन्द्र ओलीले सर्वाधिक २० तथा दिप राना मगरले १२ रन बनाए । कोहलपुर क्रिकट एकेडेमीका बलर रोशन सिंह, लभकुश यादव, रुपेश कुर्मी र रमेश सिंहले समान २ विकेट तथा अजय शहानिले १ विकेट लिए ।

खेलको प्लेयर अफ द म्याच रुपेश कुर्मी चुनिए ।

शुक्रबार नै सम्पन्न दोस्रो सेमीफाइनल खेलमा बिबि वारियर्सले बिबिसीसी किर्तिपुरलाई ३१ रनले पराजित गर्यो । बिबि वारियर्सले दिएको १२७ रनको लक्ष्य पछ्याउने क्रममा बिबीसीसी किर्तिपुरले १५ ओभरमा ८ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । उसको लागि सन्दिप कुँवरले सर्वाधिक २२, निरज सिंह धामीले १५, किशन बिस्टले, सौरभ बमले १२ तथा दिपक बोहराले १० रन बनाए । बिबी वारियर्सका बलर आकाश बिस्टले सर्वाधिक ३ विकेट लिए भने सिद्धान्त राज शाही र बिशाल पौडेलले समान २ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिंग रोजेको बिबी वारियर्सले निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर १२६ रन बनएको थियो । उसको लागि विजय चौधरीले अर्धशतक बनाउने क्रममा ४१ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५२ रन बनाए । शाहिद अन्सारीले २६, अनुपम सिंह र प्रनित थापाले समान १६ रन तथा अमर सिंह रौटेलाले १० रन बनाए । बिबिसीसी किर्तिपुरका बलर सौरभ बमले २ विकेट तथा प्रकाश चन्द ठकुरी र निरज सिंह धामीले समान १ विकेट लिए ।

  • २४ पुष २०७७, शुक्रबार १८:४३ प्रकाशित
  • Nabintech