प्रधानमन्त्रीलाई नेकपा बाँकेले पठायो बिरोध पत्र
  • काँचुली खबर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र बुझाएको छ । शुक्रबार नेकपा (प्रचण्ड-नेपाल समुह) ले बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ मार्फत प्रधानमन्त्री ओलीलाई विरोध पत्र बुझाएको हो ।

प्रधानमन्त्री ओलीले पौष ५ गते प्रतिनीधि सभा विघटन गरेपछि त्यसको विरुद्ध सडक संघर्ष गर्दै आएका नेकपाका नेता कार्यकर्ताहरु नाराजुलुस सहित जिल्ला प्रशासन कार्यालय पुगेर विरोध पत्र बुझाएका हुन् ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

प्रधानमन्त्री ओलीले संविधानको ठाडो उल्लघंन गरी असंबैधानीक, अलोकतान्त्रीक एवं स्वेच्छाचारी ढंगवाट प्रतिनीधिसभाको विघटन गरी प्रतिगामी कदम चालेपछि त्यसप्रति घोर आपत्ती प्रकट गर्दै विरोध पत्र बुझाइएको नेकपाका केन्द्रीय सदस्य तथा संघिय साँसद महेश्वर गहतराज अथकले बताए ।

अथकको नेतृत्वमा नेकपा लुम्बिनी प्रदेश कमिटि सदस्य नरेन्द्र न्यौपाने, नेकपा बाँकेका अध्यक्ष तथा लुम्बिनी प्रदेशका साँसद आईपी खरेल, सचिव अशोक कोईराला लगाएतका नेता तथा कार्यकर्ताहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए । उनिहरुले प्रधानमन्त्री ओलीको कदमका विरुद्ध जिल्ला प्रशासन कार्यालयको मुलगेटमा केहीबेर नाराजुलुस समेत प्रदर्शन गरेका थिए ।

  • २४ पुष २०७७, शुक्रबार १७:०६ प्रकाशित
  • Nabintech