बाँकेमा १३ संक्रमित थपिए, १८ डिस्चार्ज भए
  • काँचुली खबर

बिहिबार बाँकेमा थप १३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जिल्लाका ३ वटा प्रयोगशालामा गरीएको परिक्षणमा ५ महिला र ८ पुरुषमा संक्रमण देखिएको हो ।

भेरी अस्पताल नेपालगन्जको ल्यावमा गरिएको परिक्षणमा ९ जना, मेडिकल कलेज कोहलपुरको ल्यावमा गरिएको परिक्षणमा २ जना र वागेश्वरी डाईग्नोष्टिकको ल्यावमा गरिएको परिक्षणमा २ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

आज थपिएका संक्रमितसँगै बाँकेमा कोरोना संक्रमितको सँख्या ४ हजार ४६३ पुगेको छ । यसअघि आज बिहान कोरोना मुक्त हुँदै बाँकेका १८ जना डिस्चार्ज भएका थिए । बाँकेमा हालसम्म कोरोना संक्रमणमुक्त हुँदै ४ हजार ३१६ जना डिस्चार्ज भईसकेका छन ।

  • २३ पुष २०७७, बिहीबार १९:१० प्रकाशित
  • Nabintech