६ बैशाख २०८१, बिहीबार
यस्तो उजुरी लिएर प्रहरी समक्ष पुगे ५७ जना संगीतकर्मी
  • काँचुली खबर

नेपाली सांगीतिक क्षेत्रका ५७ जना श्रष्टाहरुले महानगरीय प्रहरी परिसर, टेकुमा ध्यानाकर्षणसहितको एउटा अपील दर्ता गरेका छन् । गत पुस २३ गतेको मितिमा दर्ता गरिएको उक्त अपीलमा ५७ जना श्रष्टाहरुले हस्ताक्षर गरेका छन् ।

कलाकर्मीलाई प्राप्त उक्त अपीलमा भनिएको छ, ‘नेपाली संगीतको क्षेत्रमा प्रारम्भिक कालदेखि वर्तमानसम्म आईपुग्दा असाध्यै शान्त, अनुशासित र मर्यादित संस्कारबाट सुसज्जित रहेको छ । गीत-संगीत क्षेत्र र श्रष्टाहरुलाई राज्य, समाज र आम नागरिकले एक छुट्टै स्थानमा राखेर माया, स्नेह र सद्भाव दिइ आएको पाइन्छ । श्रष्ट गायक कलाकारले समेत राज्यको कला, संस्कृति र साहित्यमा हरेक क्षण इटा थपिरहेको अवस्था छ ।’

‘पछिल्लो केही वर्ष यता जब गीत-संगीतको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा डिजिटल व्यवसायको शुरुवात भयो, यसको विकासक्रमसंगै हाल स्वयं श्रष्टा, प्रस्तोताहरुले आफ्ना सृजनाहरु आफैं प्रवद्र्धन गरी त्यसबाट आफैं लाभान्वित हुने योजना बनाइ हाल विकसित भरहेका विभिन्न डिजिटल प्लेटफर्महरुमार्फत आफैं स्थापित हुने प्रयास गरिरहेको अवस्था छु, अपीलमा भनिएको छ, ‘यसै अनुरुप हाल श्रष्टा, प्रस्तोताहरुले आफ्ना विगतमा श्रृजना गरेका, आफैंद्वारा लगानी गरिएका तथा आफैंमा प्रतिलिपि अधिकार रहेका जति श्रृंजनाहरुलाई आफैंमा फिर्ता लिने अभियान चलाएका छन् ।’

अपीलमा भनिएको छ, ‘यसै क्रममा गायक तथा संगीतकार प्रमोद खरेलले विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीसँग आफ्ना श्रृजनाहरु नियम अनुसार फिर्ता मागेका हुन् । उनको यो सद्भावपूर्ण अनुरोधलाई बेवास्ता गरी रेग्मी पक्षबाट उल्टै गाली गलौच र अपमानपूर्ण अभिव्यक्ति र अन्यायपूर्ण व्यवहार भएकोप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । उक्त म्युजिक कम्पनिका सञ्चालक सुवास रेग्मीलाई तमाम आदरणीय प्रतिष्ठित श्रष्टा, प्रस्तोताहरुप्रति लक्षित गरी गरिएका गाली, गलौच तथा मानमर्दनका विरुद्ध कानूनी प्रकृयाद्वारा आवश्यक कारवाही गरिदिनु हुन र यस्ता प्रवृत्तिहरुलाई आगामी दिनमा पूर्ण रुपमा सचेत गराइ दिनु हुन समेत विनम्र अपील गर्दछौं ।’

उक्त अपीलमा हस्ताक्षर गर्नेहरुमा संगीतकार लक्ष्मण शेष, गायक राजेशपायल राई, गायक शिव परियार, गायक तथा संगीतकार सत्यराज आचार्य, गायिका ईन्दिरा जोशी, संगीतकार राजन ईशान, गायक तथा संगीतकार स्वरुपराज आचार्य, गायक तथा संगीतकार उदेश श्रेष्ठ, गायक तथा संगीतकार धीरज राई, संगीतकार अर्जुन पोखरेल, गायक कमल खत्री, गायक तुलसी पराजुली, गायक तथा संगीतकार प्रमोद खरेल, संगीतकार चेतन सापकोटा, संगीतकार कालीप्रसाद बासकोटा, गीतकार डा. घनश्याम खतिवडा, अभिनेता रविन्द्र खड्का, संगीतकार वसन्त सापकोटा, गायक दीप श्रेष्ठ, गायक उदय सोताङ, गायक आनन्द कार्की, गायिका अञ्जु पन्त, गीतकार डिपी खनाल, गायक तथा संगीतकार शंकर थापा स्माइल, गायक रामकृष्ण ढकाल, गायक निशान भट्टराई, गायक भिमसेन लामा, गीतकार महेश आचार्य, गीतकार वसन्त वित्यासी थापा, संगीतकर्मी भरत बोमजन, संगीतकार सचिन सिंह, संगीतकर्मी शंकर दुलाल, संगीतकार हरी लम्साल, संगीतकर्मी अष्ट लामा, गायक राज सिग्देल, संगीतकार सुनिल मास्के, गायक गौरव दर्पण, गायक सिडी विजय अधिकारी, गायक श्रीकृष्ण बम मल्ल, गायक दीपक बज्राचार्य, गायक सन्तोष लामा, संगीतकर्मी शिव मुखिया, संगीतकार तथा गायक जेम्स प्रधान, संगीतकार पारस मुकारुङ, संगीतकार ताराप्रकाश लिम्बु, संगीतकर्मी दीपक सापकोटा, संगीतकर्मी सुनिल बिसी, गायक ईन्द्र आरपी, गायक मिथुन सिवा, गायिका सृष्टि हिङ्माङ, गायक शान्तिम कोइराला, संगीतकर्मी रोशन सिंह, गायिका अस्मिता अधिकारी, संगीतकर्मी सम्रात चौलागाईं, गायिका एलिना चौहान तथा गायिका रचना रिमालले हस्ताक्षर गरेका छन् ।

  • २३ पुष २०७७, बिहीबार १२:३९ प्रकाशित
  • Nabintech