१३ बैशाख २०८१, बिहीबार
केसिए क्रिकेट : यस एक्स्पर्ट क्वार्टरफाइनलमा प्रवेश
  • काँचुली खबर

शारदा एजुकेशन पार्कको आयोजनामा बाँकेको कोहलपुरमा जारि ‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता’ अन्तर्गत तेश्रो दिन तिन वटा खेल सम्पन्न भएका छन् ।

बि एण्ड बि साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फ्युजनको मुख्य प्रायोजन रहेको प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलहरु जित्दै युभीसीसी कोहलपुर, बिबिसीसी किर्तिपुर र यस एक्स्पर्टले क्वार्टरफाइनल प्रवेश गरेका छन् ।

प्रतीयोगिताको तेस्रो दिन यस एक्स्पर्ट्स क्लवले सानदार जित निकालेको छ । कोहलपुरकै न्यु रोड-११ लाई १२६ रनको फराकिलो अन्तरले पराजित गर्दै यस एक्स्पर्ट्स क्वार्टरफाइनल प्रवेश गरेको छ । टस जितेर मैदानमा उत्रिएको यस एक्स्पर्टले निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर १९० रन बनाएको थियो । उसको लागि शुबेन्दु पाण्डेले शतक बनाउने क्रममा ५३ बलमा ११ चौका र ९ छक्का प्रहार गरे । बिमल सुनारले १९ तथा सुनिल खड्काले १८ रन बनाए ।

यस एक्स्पर्ट्सले दिएको १९१ रनको लक्ष्य पछ्याउने क्रममा न्यु रोड-११ ले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर ६४ रन मात्र बनाउन सक्यो । न्यु रोडको लागि महात्मा ओलीले सर्वाधिक १९ रन बनाए । यस एक्स्पर्टका बलर चित्र शर्माले ३, नासिर अन्सारीले २ तथा सन्दिप खत्री र बिरेन्द्र नाथ योगीले समान १/१ विकेट लिएका थिए ।

पहिलो खेलमै विशाल जित हासिल गरेपछि खेलाडीहरुमा थप हौसला बढेको यस एक्स्पर्ट टिमका प्रशिक्षक शोभन हमालले प्रतिक्रिया दिएका छन ।

यसअघि बुधबार नै सम्पन्न पहिलो खेलमा युभीसीसी कोहलपुरले नेपालगंज च्याम्पलाई ३४ रनले पराजित गर्यो । युभीसीसी कोहलपुरले दिएको ९२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालगंज च्याम्पले १२.५ ओभरमा सबै विकेट गुमाएर ५७ रन मात्र जोड्न सफल भयो ।

लक्ष्य पछ्याउने क्रममा नेपालगंज च्याम्पको लागि फर्दीन खानले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । युभीसीसीको बलिंगमा आलोक चौधरी र सुमन गुरुङले समान ३ विकेट लय भने बिरेन्द्र शाही र गोपाल केसीले समान २ विकेट लिए ।

यस अघि टस हारेर ब्याटिंग गरेको युभीसीसीले निर्धारित १५ ओभरमा सबै विकेट गुमाएर ९१ रन बनाएको थियो । उसको लागि सुमन गुरुङले सर्वाधिक २७, कमल थापाले १८ तथा गोपाल केसीले १२ रन बनाए । नेपालगंज च्याम्पको बलिंगमा अनिमेष जंग शाहीले सर्वाधिक ४ विकेट तथा रबिश वर्मा र क्रितेश कार्कीले समान २ विकेट लिए ।

खेलको प्लेयर अफ द म्याच युभीसीसी नेपालगंजका सुमन गुरुङ चुनिए ।

दिनको दोश्रो खेलमा बिबिसीसी किर्तिपुरले राझा स्पोर्ट्स क्लबलाई ८ विकेटले पराजित गर्यो । राझाले दिएको ६४ रनको लक्ष्य बिबिसीसीले ५.४ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

बिबिसीसीको लागि सन्दिप कुँवरले सर्वाधिक ३१ रन बनाए जुन क्रममा १० बलमा ५ छक्का हिर्काए । निरज सिंह धामीले १९ रन बनाए ।

यस अघि टस हारेर ब्याटिंग गरेको राझाले १२.१ ओभरमा सबै विकेट गुमाएर ६३ रन बनाएको थियो । राझाको लागि सद्दाम खानले ३६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बिबिसीसी किर्तिपुरका बलर निरज सिंह धामीले सर्वाधिक ४ विकेट तथा जनक बिस्टले २ विकेट लिए ।

खेलको प्लेयर अफ द म्याच बिबिसीसी किर्तिपुरका निरज सिंह धामी चुनिए।

प्रतियोगिता अन्तर्गत बिहिबार क्वार्टरफाइनल चरणको खेलहरु हुनेछन् । पहिलो क्वार्टरफाइनलमा विहान ८:३० बजे न्यु दर्पण युथ क्लब र कारकाँदो क्रिकेट क्लब, दोश्रो क्वार्टरफाइनलमा बिहान ११:३० बजे च्याम्पियन्स स्पोर्ट्स क्लब र कोहलपुर क्रिकेट एकेडेमी तथा तेश्रो क्वार्टरफाइनलमा बिबि वारियर्स र युभीसीसी कोहलपुरले प्रतिस्पर्धा गर्नेछन् । चौथो क्वार्टरफाइनल खेल शुक्रबार विहान बिबिसीसी किर्तिपुर र सम्झना स्पोर्ट्स क्लब बीच खेलिनेछ ।

  • २२ पुष २०७७, बुधबार १९:१२ प्रकाशित
  • Nabintech