१५ चैत्र २०८०, बिहीबार
डिभोर्सको तयारीमा किम र कान्ये
  • काँचुली खबर

टीभी स्टार किम कार्दशियन र उनका पति कान्ये वेष्ट आफूहरुको ६ वर्ष लामो बैबाहिक जीवनलाई अलग बाटोमा लैजाने तयारीमा लागेका छन् ।

ई न्यूजका अनुसार, उनीहरुले वैवाहिक जीवनलाई पूर्णविराम लगाउने तयारी थालेका हुन् । तर, अहिलेसम्म किमले डिभोर्सको फाइल भने दर्ता गरिसकेकी छैनन् । तर, केही समयदेखि उनीहरु अलग-अलग बस्दै आएका छन् ।

उनीहरु विगत एक महिनादेखि एकसाथ नबसेको मिडियामा उल्लेख छ । उनीहरुले बच्चाका लागि एकसाथ रहेको देखाएतापनि अलग भएको समाचारमा जनाइएको छ । किमले वैवाहिक जीवन टुटिसकेको थाहा पाएकी छिन्, तर उनले बच्चाहरुका कारण डिभोर्स फाइल दर्ता गरिसकेकी छैनन् ।

बच्चाहरुका लागि सही निर्णय लिन आवश्यक रहेकाले पनि किमले डिभोर्सको फाइल दर्ता नगरेको मिडियामा उल्लेख छ । ई न्यूजका अनुसार, किम कान्येसँगको सम्बन्धलाई विश्राम लगाउने तयारीमा छिन् । तर, बच्चाहरुका लागि उनले कठोर निर्णय लिनुपर्नेछ । यसका लागि उनी सही तरिका खोजिरहेकी छिन् ।

यस्तै, कान्येले पनि केही समयदेखि किमसँगको सम्बन्धलाई विश्राम लगाउने बिषयमा छलफल गरिरहेका छन् । उनले १४ मिलियन डलरमा किनेको आफ्नो फार्म हाउसमा एक्लै लामो समय बिताएका थिए । करिब ६ महिना अघिदेखि कान्ये र किमविच खटपट सुरु भएको हो । किमका पछिल्ला होलिडे मनाउँदै गरेका तस्वीरमा कान्ये देखिएका छैनन् । सन् २०१२ को अप्रिलमा कान्ये र किमले आफूहरुको प्रेम स्विकार गरेका थिए । उनीहरुको चार सन्तान छन् ।

किमले गतवर्षको जुलाई महिनामा कान्येको मानसिक स्वास्थ्य अवस्थाको बारेमा बताएकी थिइन् र यसलाई ‘जटिल र दर्दनाक’ भनेकी थिइन् ।

  • २२ पुष २०७७, बुधबार १८:३४ प्रकाशित
  • Nabintech