१६ चैत्र २०८०, शुक्रबार
ध्रुवीकरण, एकताको नजिक
  • काँचुली खबर

नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को उच्चस्तरिय नेताहरुका बीचमा हालै पार्टी ध्रुवीकरण र एकताका विषयलाई लिएर छलफल भएको बुझिएको छ । यी पार्टीका मुख्य नेताहरुकै बीचमा भएको छलफल अत्यन्तै सकारात्मक रहेको र अबको सिङ्गो कम्युनिस्ट आन्दोलनका बारेमा व्यापक बहस भएको बताइएको छ ।

छलफलले विचार र राजनीतिका आधारमा क्रान्तिकारीहरुको ध्रुवीकरण र एकता गर्नका लागि आधार तयार भएको बताइएको छ । अहिलेका लागि व्यापक कार्यगत एकता गर्दै जाने र निकट भविष्यमा नै पार्टी एकता गर्ने पनि बताइएको छ । नेपालका क्रान्तिकारी कम्युनिस्टहरुका बीचमा नयाँ ध्रुवीकरण गर्दै यहाँका नवसंशोधनवादी, छद्मसंशोधनवादी र कम्युनिस्टका नाममा प्रतिक्रियावादमा पतन भएकाहरुले फैलाएका विभिन्न भ्रमहरुलाई चिर्दै वैज्ञानिक समाजवादको स्थापनाका लागि क्रान्तिलाई अगाडि बढाउन उनीहरु सहमत भएको बताइएको छ ।

  • ५ असार २०७५, मंगलवार १५:११ प्रकाशित
  • Nabintech