१४ बैशाख २०८१, शुक्रबार
ओली समूह छाडेको पर्यटन मन्त्रीको घोषणा
  • काँचुली खबर

कर्णाली प्रदेशका अर्का मन्त्रीले पनि कामचलाउन प्रधानमन्त्री केपी शर्मा ओली समूहको साथ छाडेको घोषणा गरेका छन । प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आफू पार्टीको मुलधार (प्रचण्ड-नेपाल नेतृत्व) को नेकपामा रहेको स्पष्ट पारेका छन् ।

आन्तरिक कलहले पार्टी विभाजनसम्मको स्थितिमा पुगेकोमा दुःख व्यक्त गर्दै मन्त्री बुढाले विकासमा पछि रहेको कर्णालीमा स्थायी सरकार बनाउन आवश्यक रहेको भन्दै आफू नेकपाको मुलधारमा नै रहेको बताएका छन् ।

यसअघि पनि ओली समूहका सामाजिक विकासमन्त्री दल रावल प्रचण्ड-नेपाल समूहमा लागिसकेका छन् । रावल र बुढा ओली समूहको तर्फबाट प्रदेश सरकारमा मन्त्री बनेका थिए ।

  • २१ पुष २०७७, मंगलवार १६:२६ प्रकाशित
  • Nabintech