केही समय अगाडिको कुरा हो केही स्थानीय पत्रकारहरु वर्तमान कामचलाउन प्रधानमन्त्री केपि ओलिका पिता मोहनप्रसाद ओलिको अन्तरबार्ता लिन झापाको दमक पुगेका थिए । त्यसैबखत मोहन ओलिले केपि ओलिका बाल्यकाल र आफ्नो ब्यक्तिगत संघर्षकाबारे निकै भावुक भएर बताएका थिए ।
अन्तरवार्ताकै क्रममा पत्रकारहरुले ओलिका पितालाई छोराको बाल्यकालको स्वभाव बारे बताउन आग्रह गर्दा मोहन ओलिले हाँस्दै भनेका थिए, ‘मेरो छोरो एकदमै फटाहा थियो । सानोमा आफ्ना उमेर समुहकालाई त गफले नै बेच्थ्यो । आफुभन्दा ठुलालाई नि बेचुम बेचुम गर्थ्यो, नभएको कुरामा खाली जिद्दी गर्थ्यो अनि गफ हानेरै हो हो जस्तो बनाउँथ्यो । त्यसको यो बानी अहिले प्रधानमन्त्री हुँदापनी यथावत नै रहेछ । हुन त नानी देखि लागेको बानी किन सुघ्रिन्थ्यो र ?’
मोहन प्रसाद ओलिका यी रमाइला कुराले पत्रकार तीन छक्क परेका थिए । वर्तमान राजनितिक वृत्तमा समेत कामचलाउ प्रधानमन्त्री ओलीको भाषाशैली र दाउपेचको खुबै चर्चा हुने गरेको छ । विपक्षीलाई उखान टुक्काबाटै प्रहार गर्ने उनको स्वभाव कतिपयकालागि रोमाञ्चक विषय भएपनि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा भने प्रधामन्त्रीका गतिविधिहरु हाँस्यासपद र अमर्यादित हुन थालेको विश्लेषकहरु बताउँछन ।
२० पुष २०७७, सोमबार १४:४६ प्रकाशित