भोलीदेखी प्रदेश स्तरिय बहुप्रतिभाको खोजी
  • काँचुली खबर

बाँकेको नेपालगन्जबाट लुम्बिनी प्रदेश स्तरिय बहुप्रतिभाको खोजी अभियान सुरु गरिने भएको छ । भोली (पुष २० गते) नेपालगन्जमा पहिलो चरणको अडिसन हुने गरि आयोजक टिमले लुम्बिनी प्रदेश स्तरिय बहुप्रतिभाको खोजी अभियान थालेको हो ।

गायन तथा नृत्य, फेशन शो, अभिनय गरी दुई विधाका उत्कृष्ट प्रतिभाको खोजी गर्ने उद्धेश्यले पहिलो पटक प्रदेश स्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक टिमका संयोजक दिपु मल्लले जानकारी दिए । प्रदेशभित्रका प्रतिभाहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म पु¥याउने उद्देश्यले लुम्बिनी प्रदेश स्तरिय प्रतियोगिताको प्रथम संस्करण नेपालगन्जमा आयोजना गर्न लागिएको मल्लले बताए ।

प्रतियोगितामा २५ वर्ष मुनिका युवायुवतीहरुले भाग लिन सक्ने बताईएको छ । पुष २० गतेदेखी माघ ५ गतेसम्म संचालन गरीने अडिसनबाट दुबै विधाका ३० जना उत्कृष्ट प्रतिभा छनोट गरी ३ दिने बन्द प्रशिक्षणमा राखिने छ । पहिलो अडिसनबाट छनोट भएका ३० जनामध्येबाट दोस्रो चरणमा १५, तेस्रो चरणमा ९ र अन्त्मि अथवा फाईनल चरणमा ६ जना छनोट गरी त्यसमध्येबाट उत्कृष्ट प्रतिभा छनोट गरीने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सभागी हुन चाहने ईच्छुक युवायुवतीहरुकालागि नेपालगन्जको विपी चोक, होटल सिग्नेट कृष्ण र कलपतरु हेटलमा अडिसनको लागि फर्म भर्ने व्यवस्था मिलाएको संयोजक मल्लले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत नृत्य, फेशन शो तथा अभिनय विधामा उत्कृष्ट हुनेले नगद रु. १ लाख ५१ हजार १ सय र द्धितियले ५१ हजार नगद पुरस्कार प्राप्त गर्ने छन । त्यसैगरी उत्कृष्ट प्रथम/द्वितियलाई चर्चित मोडल आकाश श्रेष्ठसँग म्युजिक भिडियोमा खेल्ने अवसर समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

गायन विधातर्फ उत्कृष्ट हुनेलाई ५१ हजार नगद पुरस्कार र चर्चित गायीका मेलिना राईसँग गित गाउने अवसर प्रदान गरीने मल्ले बताए ।

प्रतियोगिताकालागि एक्टिङ्ग तर्फ निशा पन्ती, फेशन शोे तर्फ अनुपमा श्रेष्ठ, गायनतर्फ मिलन सुर्खेती र डान्सतर्फ अनु खड्काले प्रशिक्षक तथा निर्णायकको भुमिका निर्वाह गर्ने छन । आ-आफ्नो विधामा ख्याती कमाएका कलाकारहरुमार्फत प्रथम प्रदेश स्तरिय बहुप्रतिभाको खोजी अभियान सुरु गरीएको बताउँदै आयोजक टिमका संयोजक मल्लले प्रतियोगितामा सहभागी हुन ईच्छुक युवायुवतीहरुले ९८२१५४४३८५ नम्बरमा सम्पर्क गरी फर्म भर्न सक्ने जानकारी दिए ।

  • १९ पुष २०७७, आईतवार १४:२९ प्रकाशित
  • Nabintech