श्रमजीवी पत्रकारहरुको हकहितका सम्बन्धमा १२ बुँदे घोषणा पत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँके शाखाको १२ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । ।
शनिबार कोहलपुरमा आयोजित जिल्ला अधिवेशनमा शाखाका सचिव तिलक गाउँलेको प्रतिवेदन र कोषाध्यक्ष केशव रानाको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरीएको छ । शाखाका अध्यक्ष ठाकुरसिंह थारुको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव उदय जिएमको प्रमुख उपस्थितीमा सम्पन्न भएको जिल्ला अधिवेशनमा नेपाल पत्रकार महासंघ बाँके शाखाका ३ जना पुर्व अध्यक्षसहित ४ जनालाई समेत सम्मान गरिएको थियो । सम्मान पत्र तथा नगद राशीले सम्मानित हुनेहरुमा संघका संस्थापक अध्यक्ष लियाकत अलि, पुर्व अध्यक्षद्धय गणेश जिसी, पुर्ण लाल चुके र शाखाका जेष्ठ सदस्य बासुदेब श्रेष्ठ रहेका छन् ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
अधिवेशनको बन्द शत्रमा बाँके शाखाका पुर्व अध्यक्ष प्रेम केसी, प्रेस संगठन नेपाल बाँकेका अध्यक्ष डक्ट प्रसाद धिताल, कमल डाँगी, नवीन गिरी, माधव अधिकारी, राम बहादुर रावत लगायतले महासंघ बाँके शाखाले गरेको कामको प्रशंसा गरेका थिए ।
महासंघ बाँके शाखा अध्यक्ष ठाकुर सिंह थारूको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन शत्रमा नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव उदय जीएम, लुम्बिनी प्रदेशकी कृषि, भुमी ब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव भेषराज बस्नेत, सचिव शुक्रऋषि चौलागाई, नेताहरु देवराज भार, महेश्वर गहतराज, हरि आचार्य, कोहलपुरका मेयर लुटबहादुर रावत, पत्रकार महासंघका पुर्व केन्द्रिय महासचिव पोषण केसी, प्रदेश सभा सदस्य कृष्ण केसी नमुना, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, प्रेस संगठनका अध्यक्ष डक्ट प्रसाद धिताल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
१९ पुष २०७७, आईतवार ११:१४ प्रकाशित