१५ बैशाख २०८१, शनिबार
कांग्रेस जिल्ला सभापतिहरूको भेला सुरू
  • काँचुली खबर

हेटौँडा/ नेपाली कांग्रेसकाे जिल्ला सभापतिहरूको राष्ट्रिय भेला आजदेखि मकवानपुरको हेटौँडामा सुरु हुँदै छ । सो भेलामा नेपाली कांग्रेसका केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू, ७७ जिल्लाका कांग्रेस सभापतिहरू र पर्यवेक्षक गरी करिब ५ सय ७५ जनाको सहभागिता रहने नेपाली कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए ।  उक्त भेलाको दिउँसो पार्टीका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुहुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । यसअघि सोमबार साँझ पार्टी सभापति देउवाको अध्यक्षतामा हेटाैंडामा बसेको केन्द्रीय समितिको बैठकमा महामन्त्री डा शशांक कोइरालाले भेलामा छलफल गरिने संगठन, विधान र समसामयिक मुद्दाबारे जिल्लामा पठाइएको परिपत्र र भएका छलफलका बारेमा जानकारी गराउनुभएको थियो ।

  • ५ असार २०७५, मंगलवार १२:१४ प्रकाशित
  • Nabintech