पेट्रोल र डिजेलको भाउ घट्यो

नेपाल आयल निगमले आइतबार मध्यरातिदेखि ला‍गू हुनेगरी डिजेल, पेट्रोल र मट्टितेलको भाउ घटाएको छ ।

निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २|२ रुपैयाँ भाउ घटाउने निर्णय गरेको हो ।

नयाँ भाउ अनुसार अब पेट्रोल लिटरको ११० रुपैयाँमा झरेको छ भने डिजेल र मट्टितेलको भाउ प्रतिलिटर समान ९३ रुपैयाँ भएको छ ।

भारतीय आयल कर्पोरशनको नयाँ मूल्यसूचीअनुसार पेट्रोलियमको भाउ घटाइएको तर खाना पकाउने ग्यासको भाउ भने यथावत रहेको निगमले जनाएको छ ।