विश्वकपको समूह ई अन्तर्गत आइतबार राती भएको ब्राजिल र स्विट्जरल्यान्डबीचको खेल सकिएलगत्तै सामाजिक सन्जाल ट्विटरमा ट्विटहरु देखिन थाले– यो मैले अपेक्षा गरेको नतिजा होइन, यो संसारले अपेक्षा गरेको नतिजा होइन ।
निर्धारित समय सकिएर थपिएको पाँच मिनेट इन्जुरी टाइममा पनि ब्राजिलले गोल गर्न गरेका दर्जनौं प्रयास असफल भए । ब्राजिल र स्विट्जरल्यान्डले १–१ गोलको बराबरी खेले र अंक तालिकामा समान १ अंक बाँडे । यसअघि भएको खेलमा सर्बियाले क्रोएसियालाई हराएर ऊ अंकतालिकाको शीर्ष स्थानमा छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

उता, खेल सकिएलगत्तै ब्राजिलबाट बिबिसीका संवाददाता तथा फुटबल विशेषज्ञले लेखेका थिए, ‘ब्राजिलमा अहिले मानिसहरु स्विट्जरल्यान्डको गोललाई रेफ्रीले मान्यता दिनु हुँदैनथ्यो भनिरहेका छन् ।’ मिरान्डालाई धकेलेकाले उक्त गोल फल भएको उनीहरुको तर्क भएको टिम भिकेरीले लेखेका हुन् ।
निकै आक्रामक खेल भए पनि ५० मिनेटमा स्विट्जरल्यान्डका जुबरले गोल स्कोर गरेपछि ब्राजिलले जवाफी गोल गर्न सकेन । त्यसअघि कुन्टिन्होले २० मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिएका थिए ।
पुरै खेलभरी नेयमारमाथि स्विट्जरल्यान्डको कडा निगरानी थियो । नेयमारमाथि स्विट्जरल्यान्डका खेलाडीले १० पटक फल गरे ।
४ असार २०७५, सोमबार ११:२७ प्रकाशित