१३ बैशाख २०८१, बिहीबार
मेसी, रोनाल्डो र नेइमारको कमार्इ कति ?
  • काँचुली खबर

फुटबलको अन्तर्राष्ट्रिय महासंघ ९फिफा० ले आगामी विश्वकपमा दिइने पुरस्कार ४०८ करोड छ । यो नै अन्तर्राष्ट्रिय फुटबलको सबैभन्दा महङ्गो पुरस्कार रकम हो ।

केही खेलाडी यस्ता छन् यो भन्दा बढी रकम एक्लै हरेक वर्ष कमाउँछन् ।

फुटबलमा हरेक वर्ष करोडौं कमाउने धेरै खेलाडीहरू छन् जसमध्ये बाज्रिलका नेइमार, पोर्चुगलका रोनाल्डो तथा अर्जेन्टिनाका मेसी सबै भन्दा बढी कमाउने फुटबलर हुन् ।

अर्जेन्टिनी स्टार लियोनल मेसी वार्षिक १५८२ करोड रूपयाँ कमाउँछन् । जुन विश्वकपको पुरस्कार रकमभन्दा ३.८७ गुणा बढी हो ।

यस्तै पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो ११८० करोड रूपैयाँ वार्षिक कमाउने गर्छन् । जुन विश्वकपको पुरस्कार रकमभन्दा २.८९ गुणा बढी हो ।

धेरै कमाई गर्ने अर्का खेलाडी ब्राजिलका नेइमारले वार्षिक १०२४ करोड रूपैयाँ कमाउँछन् । जो विश्वकपको पुरस्कार रकमभन्दा २.५ गुणा बढी हो ।

अहिलेको रूस विश्वकपमा पुरस्कार रकम बढाइएको हो ।

यो सन् २०१४ को ब्राजिल विश्वकपको तुलनामा १२ प्रतिशतले बढी हो ।

ब्राजिलमा भएको विश्वकपमा ३५८ मिलियन अमेरिकी डलरको पुरस्कार तय गरेको थियो भने विश्वकप विजेता जर्मनीले ३५ मिलियन अमेरिकी डलर पाएको थियो । यो पटक विजेताले ३८ मिलियन अमेरिकी डलर अर्थात ४ अर्ब भन्दा बढी नेपाली रकम पाउनेछन् ।

त्यसैगरी उप–विजेताले २८ मिलियन डलर पाउनेछन्। यसअघि ब्राजिल विश्वकपको उपविजेता अर्जेन्टिनाले २५ मिलियन अमेरिकी डलर पाएको थियो ।

यस्तै तेस्रो हुनेले २४ मिलियन अमेरिकी डलर तथा चौथो हुनेले २२ मिलियन अमेरिकी डलर पाउने छन् । यस्तै क्वाटरफाइनलबाट बाहिरिने ४ वटा टिमले १६(१६ मिलियन डलरका दरले पुरस्कार पाउनेछन् । प्रिक्वाटरफाइनलबाट बाहिरिने ८ टिमले १२|१२ मिलियन अमेरिकी डलरका दरले पाउनेछन् भने यस्तै समूह चरणबाट बाहिरिने १६ वटा टिमले ८|८ मिलियन पाउनेछ्न । आयोजक रसियासहित ३२ राष्ट्रले आगामी जेठ ३१ गतेदेखि असार ३० सम्म प्रतिस्पर्धामा उत्रनेछन् ।

  • ३१ जेष्ठ २०७५, बिहीबार १७:५७ प्रकाशित
  • Nabintech