कोहलपुरमा जारी प्रथम मा.वि. स्तरीय उपमेयर छात्रा क्रिकेट प्रतियोगिताको छनोट चरणका खेलहरु सकिएका छन । जेठ २६ गतेबाट सुरु भएको प्रतियोगितामा नगरभित्रका १२ टिमले सहभागीता जनाएका थिए । ति मध्येबाट ४ वटा टिम सेमिफाईनल चरणमा प्रवेश गरेका छन ।
जस अन्तर्गत ग्रुप ए को समुह बिजेता हुँदै जनज्योती सेमिफाईनलमा पुगेको हो भने ग्रुप सि मा रहेको त्रिभुन मा.वि. पनि समुह बिजेता भएको छ । प्रतियोगिमा यसअघि नै ग्रुप बिजेता हुँदै सगरमाथाले सेमिफाईनलमा आप्mनो स्थान सुरक्षित गरिसकेको थियो भने बिहिबार सम्पन्न खेलमा जित निकाल्दै साईनिङ स्टार सेमिफाईनलमा लागि छनौट भएकोे हो ।

कृष्ण माविलाई ६ रन अन्तरले पराजित गर्दै साईनिङ स्टारले सेमिफाईनल यात्रा तय गरेको हो । बिहिबार बिहान भएको खेलमा टस जितेर पहिले मैदानमा उत्रिएको साईनिङ स्टारले ५१ रन जोड्न सफल भएको थियो । वर्षाका कारण ७ खेल ७ ओभरमा झारिएको थियो ।
५२ रनको झिनो लक्ष्य पाएको कृष्ण मा.वि. ले मौकाको सदुपयोग गर्न सकेन । कृष्ण मा.वि. का कुनैपनि खेलाडीहरुले दोहोरो अंक जोड्न सकेनन् । कृष्ण मा.वि. को ब्याटिङ लाईन धारासायी बनाउने क्रममा साईनिङ स्टारका बलरहरु श्रीसा सिंह ठकुरीले २ विकेट लिएकी थिईन भने अनुशा वि.क. र धामीले समान १|१ विकेट लिएका थिए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

प्रतियोगिता अन्तर्गत भोली (शुक्रबार) सेमिफाईनल चरणका खेलहरु हुने भएका छन । भोली बिहान जनज्योती र साईनिङ स्टारबिच पहिलो खेल हुने छ भने सगरमाथा र त्रिभुवनले फाईनल चरण प्रवेशकालागि प्रतिस्प्रर्धा गर्ने प्रतियोगिताको ब्यवस्थापन गर्दै आएको मध्यपश्चिम क्रिकेट क्लबले जनाएको छ । प्रतियोगिताको फाईनल खेल असार ३ गते खेलाईने भएको छ ।
३१ जेष्ठ २०७५, बिहीबार १६:४८ प्रकाशित