कोहलपुर र नेपालगन्जका १४ मा संक्रमण पुष्टि
  • काँचुली खबर

आईतबार बाँकेमा थप १४ जना कोरोना संक्रमित थपिएका छन । जिल्लाका ३ वटा ल्यावमा गरीएको परिक्षणमा ५ नेपाल आर्मीका शैनिक सहित १४ जनामा संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पताल नेपालगन्जको परिक्षणमा शैनिक अस्पतालका ५, नेपालगन्जका ४ र कोहलपुरका १, मेडिकल कलेज कोहलपुरको परिक्षणमा नेपालगन्ज र कोहलपुरका १/१ तथा वागेश्वरी डाईग्नोष्टिक ल्याव कोहलपुरको परिक्षणमा नेपालगनजका २ जनामा संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । आईतबार थपिएक १४ जनासँगै बाँकेमा कोरोना संक्रमितको सँख्या २ हजार ५० पुगेको छ ।

साथै आईतबार बाँकेमै गरिएको परिक्षणमा बिभिन्न बाहिरी जिल्लाका ८ जनामा समेत कोरोना संक्रमण देखिएको श्रेष्ठले जनाएका छन ।

  • १८ आश्विन २०७७, आईतवार १८:१८ प्रकाशित
  • Nabintech