६० दिनभित्र क्यामेराको निगरानीमा नेपालगन्ज
  • काँचुली खबर

नेपालगन्जको नगर अब ६० दिनभित्रै सिसि क्यामेराको निगरानीमा आउने भएको छ । सिसिटिभी जडान समितिले सिसिक्यामेरा जडानका लागि आइतबार मुइन इन्टरनेशनल प्रा.लि. ललितपुरसँग ३१ लाख ७ हजार २ सय अठसठ्ठी रुपैयाँमा सम्झौता गरेको हो ।

नगरको सुरक्षाका लागि समितिले ५६ वटा क्यामेरा नगरका १४ स्थानमा जडान गर्नेछ । ‘सम्झौता भैसकेको छ’, समितिका संयोजक समेत रहेका नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले भने, ‘२/४ दिनभित्रै काम सुरु हुनेछ ।’ समितिले ६० दिन म्याद रहेको सम्झौता गरेको जानकारी दिंदै अध्यक्ष वैश्यले तोकिएको समयमै सबै काम सम्पन्न हुने विश्वास व्यक्त गरे ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

यसअघि पटकपटक नगरमा सिसिटिभी र क्यामेरा जडानका प्रयास सफल हुन सकेको थिए । पछिल्लो पटक गठित समितिका सदस्यहरु आफैले २ लाख ७५ हजार रुपैयाँ जम्मा गरी सिसिटिभीका लागि खर्च जुटाउन कस्सिएपछि आवश्यक बजेट जुट्न थालेको हो । सुरुमा २५ खर्च अनुमान गरिएको सिसिक्यामेरा जडानमा ३१ लाख बढी खर्च हुने देखिएको छ । ‘१०/१२ लाख जम्मा भैसकेको छ’, समितिका संयोजक वैश्यले भने, ‘खर्चको समस्या हुँदैन, खर्च अनुसार सहयोगको प्रतिबद्धता आइसकेको छ ।’ सिसि क्यामेराका लागि नेपालगन्ज उद्योग वाणिज्य संघ, होटल, बैंक, विभिन्न संघ, संस्थाबाट आर्थिक सहयोग जुटेको हो ।

सिसिक्यामेरा जडान पछि त्यसको कन्ट्रोल रुम जिल्ला प्रहरी कार्यालय बाँकेले गर्नेछ । ‘प्रहरीले सिसिटिभीबाट २४ सैं घण्टा नगरको निगरानी गर्नेछ’, संयोजक वैश्यले भने, ‘सिसिक्यामेरा जडान पछि सहरमा अवाञ्छित गतिविधिहरु नियन्त्रणमा आउँछन्, सहर सुरक्षित हुन्छ भन्ने हाम्रो विश्वास हो । मुइनसँग सम्झौताका लागि बाँके प्रहरी प्रमुख टेक बहादुर तामाङ, बाँके निर्माण व्यवसायी संघका अध्यक्ष टेक बहादुर खड्का, व्यवसायी संजय थापा, रचना श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव अजय टण्डन लगायतको उपस्थिति रहेको थियो ।

 

स्रोत: दैनिक नेपालगन्ज

  • ३० जेष्ठ २०७५, बुधबार १६:१९ प्रकाशित
  • Nabintech