१३ बैशाख २०८१, बिहीबार
विश्वभरिको ‘टप न्युज’ उत्तर कोरियाली जनताले थाहा पाएनन्
  • काँचुली खबर

विश्वको ध्यान अहिले किम जोङ उन र डोनाल्ड ट्रम्पको सिंगापुर भेटमा केन्द्रित छ । यो भेटमा दुई देशको नेताको हाउभाउका बारेमा पनि खुबै चर्चा भयो । विश्वका धेरै सञ्चारमाध्यमले यो भेटलाई लाइभ पनि देखाएका थिए ।
किम र ट्रम्पले हात मिलाएको, सँगै हाँसेको र सिंगापुरको होटलको बगंैचामा सँगै घुमेकोे भिडियो र फोटो संसारभरि भाइरल भयो ।

जतिबेला विश्वभरिका टेलिभिजन र अनलाइनमा उत्तर कोरिया र अमेरिकाको चर्चा भइरहेको थियो, तर अचम्म यो उत्तर कोरियाका जनताले भने देख्न पाएनन् । उत्तर कोरियाको सरकारी टिभी कोरियन सेन्ट्रल टेलिभिजनले उनीहरूकोे भेटको विषयमा केही पनि बताएको छैन । उक्त टेलिभिजनमा किम जोङ उन सिंगापुर भ्रमणमा रहेको मात्र बताइएको थियो ।  मंगलबार प्रसारणको सुरुवात एक देशभक्ति गीतबाट भयो । त्यसको १० मिनेटपछि एक महिला समाचार वाचन गर्न आइन्, उनले किम सिंगापुर भ्रमणमा गएको कुरा मात्र जानकारी गरिन् तर त्यसको भिडियो र फोटो भने देखाइएन । यस्तै, कोरियाको सत्ताधारी पार्टीको समाचारपत्र रोडोग सिनमुनले भने किमको सिंगापुर भ्रमणको १४ फोटो प्रकाशन गरेको छ । यसमा किमले सिंगापुरका नेताहरूसँग भेटेको तस्बिर मात्रै छ । उत्तर कोरियाको सरकारी रेडियोले पनि किम सिंगापुर पुगेको र त्यहाँ भेटघाट जारी रहेको बताएको थियो । तर, चीनसहित विश्वका धेरै सञ्चारमाध्यममा यो समाचार त्यहाँको ‘टप न्युज’ बनेको छ ।

  • २९ जेष्ठ २०७५, मंगलवार १७:१५ प्रकाशित
  • Nabintech