अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच एेतिहासिक मिलन भएकाे छ । सिंगापुरस्थित सेन्तासा आइल्याण्डको एक होटलमा ट्रम्प र किमबीच भएकाे पहिलाे वार्तामा गाेर्खाली सैनिकले सुरक्षा दिएकाे कुरा अहिले सर्वत्र चासाे र चर्चाकाे विषय बनेकाे छ ।
विश्वकै महाशक्ति राष्ट्र अमेरिका र हिजाेसम्म उसकाे ‘शत्रु’ मानिएकाे उ. काेरियाका दुई शीर्ष नेताको सुरक्षा गोर्खालीले दिनु चानचुने हाेइन । सिंगापुर प्रहरीमा भर्ती भएका गोर्खाहरुले रक्षा कवच, बेल्जियममा बनेको एफएन एससीएआर कम्ब्याट राइफल र पेस्तोलसहित यी नेताकाे सुरक्षा दिइरहेका छन् । सबै अत्याधुनिक हतियारका बाबजुद गोर्खा सैनिकहरुले नेपाली शान बाेकेकाे खुकुरीलाई छाडेका छैनन् । खुकुरी गोर्खालीहरुको परम्परागत रोजाईको हतियार हो ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

सिंगापुरले उपलब्ध गराउन सक्ने सबैभन्दा उत्कृष्ट सुरक्षाकर्मी नै गोर्खाली रहेकाे बताइएकाे छ । गोर्खालीहरु धेरै मजबुत अग्रपङ्तिको फौजको रुपमा चिनिन्छन् र विशेष कार्यक्रमहरुको सुरक्ष विशेष गोर्खालीले नै दिएका हुन्छन् । गोर्खाली सबैको रोजाइको फाैज हो ।
जर्मनका तानाशाह एडोल्फ हिटलरले कुनै बेला भनेका थिए, ‘यदि मसँग गोर्खाहरु हुन्थे भने मलाई संसारका कुनै पनि सेनाले पराजित गर्न सक्ने छैनन् ।’
गोर्खाहरुकै शक्तिको आडमा संसारभरि आफ्नो उपनिवेश विस्तार गरेको बेलायतका प्रिन्स चाल्र्सले भनेका थिए, ‘संसारमा यस्तो एउटा मात्र ठाउँ छ, जो सुरक्षित छ, जहाँ गोर्खाहरु छन् ।’ दुनियाँका शक्तिशाली शासकहरुले गोर्खालीको प्रशंसा इितिहासमा गर्दै अाएकाे पाइन्छ ।
सन १८१५ मा बेलायती सेनाले नेपालमाथि धावा बोल्यो । तर बेलायतीहरु गोर्खालीबाट सजिलै पराजित भए । त्यसपछि बेलायती सेनाका अधिकारीहरुले सोचे कि यदि गोर्खालीलो पराजित गर्न सकिँदैन भने उनीहरुलाई आफ्नो सेनामा सामेल गर्न अवश्य सकिन्छ । त्यसपछि नेपाल र बेलायतबीच भएको शान्ति सम्झौतामा नेपाल गोर्खालीलाई बेलायती शाही सेनामा भर्ति हुने स्वीकृति दियो । त्यसपछि पहिलो र दोस्रो विश्वयुद्धसहित गोर्खाली सेनाले कैयन युद्ध लडे । त्यस मध्येको फकल्याण्ड युद्ध त बेलायतीहरुले जीवनभर नबिर्सने युद्ध गोर्खालीले लडिदिए ।

सन् १९६५ मा भारतको नाथुलामा गोर्खाहरुको सामना गरेपछि एक चिनियाँ सैन्य अधिकृतले भनेका थिए, ‘गोर्खाहरु युद्ध मैदानका लागि घना जङ्गलको बाघजस्तै हो । बाघजस्तै लड्दा रहेछन् ।’
बेलाबेलामा गोर्खालीहरुको चर्चा धेरै नै हुने गरेको छ । विशेष त युद्धको समयमा गोर्खालीहरुको चर्चा हुने गरेको पाइन्छ । तर अहिले पनि गोर्खालीहरु फेरि चर्चामा आएका छन्- युद्धको रुपले होइन, शान्ति-सुरक्षाकाे भूमिकामा खटिएर । विश्वका ‘साढे’ समेत भनेर चिनिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकालाई चुनौती दिइरहेका उत्तर कोरियाका नेता किम जोङ अनको सुरक्षाले गोर्खाहरु फेरि पनि चर्चित भएका हुन् ।
प्रथम विश्वयुद्धमा गोर्खाली

प्रथम विश्वयुद्ध सन् १९१४ बाट युरोपमा सुरु भएको थियो। यसमा बेलायत सरकार पनि युद्धमा मुछिएकोले त्यस समयका नेपाली प्राइममिनिस्टर चन्द्र शमशेरले अंग्रेजसँग राम्रो सम्बन्ध स्थापित गर्ने उपयुक्त समय सम्झेर मौकाको सदुपयोग गर्दै भारतस्थित अंग्रेज गभर्नर, जनरललाई चिठ्ठी लेखेर पठाए।
विश्वयुद्धमा भाग लिई नेपालीको वीरता र पुरुषार्थ देखाएर अन्तर्राष्ट्रिय ख्याति प्राप्त गर्ने चन्द्र शमशेरको लक्ष्य थियो। उनले सन् १९१४ को सुरुमा जनरल बबर शमशेर, जनरल पद्मशमशेर, जनरल तेज शमशेर, जनरल केशर शमशेरको नेतृत्वमा अंग्रेज सरकारलाई सहयोग गर्न सैनिक पठाए।
युरोपेली मुलुकमा युद्धको गाम्गीर्य बढिरहेकोले नेपाली सैनिक भर्ती गर्ने काम युद्धस्तरमै रह्यो। नेपाली युवक १८ वर्षदेखि ५० वर्षकासम्म सैनिक सेवाका लागि छनोट गरियो। नेपालको जनसंख्याको झण्डै २० प्रतिशत व्यक्तिलाई युरोपेली युद्धमा चन्द्र शमशेरले सामेल गराए भन्ने ‘लण्डन नेपाल’ भन्ने पुस्तकमा उल्लेख थियो। चन्द्र शमशेरले प्रथम युद्ध कालमा अंग्रेजलाई आर्थिक सहयोग समेत गरेका थिए ।
गाेर्खालीले विश्व युद्ध मैदानमा वीरताका साथ लडे। उनीहरूले युद्धका क्रममा फेष्र्टवर्ट, पश्चिमी फ्ल्यार्डस न्यू अचापेल, प्रेग, स्लाइप, ग्यालिपोली, मेसोपोटामिया, लस आदि मोर्चामा वीरता देखाए।
युद्ध मैदानमा नेपाली सेनाको वीरता देखेर जर्मन सम्राट कैजार विलियम द्वितीयले भनेका थिए, ‘म मेरा प्यारा फौजलाई संसारको कुनै देशका फौजसँग लडाउन किञ्चित डर मान्दिनँ, तर गोर्खाली सैनिकको नाम सुन्दा मेरो मुटु काम्दछ।’
प्रथम विश्व युद्धमा नेपाली सैनिकको वीरताबारे वर्ण गरी नसकिने छ। जस्तोसुकै अवस्थामा पनि विचलित नभई ज्यानको बाजी लगाई, कुनै पर्वाह नगरी कतै गोली वर्षाए कतै खुकुरीको स्वाद शत्रुलाई चखाए र आफ्नो मातृभूमि नेपालको इज्जत र बहादुरी देखाए। यस युद्धले नेपाली सेनाको उच्च मूल्यांकन विश्व इतिहासमा गराएको छ।
दाेस्रो विश्वयुद्धमा गोर्खाली

दाेस्रो विश्वयुद्ध सन् १९३९ देखि सुरु भएको थियो । नेपालका प्राइममिनिस्टर जुद्ध शमशेर कलकत्ता गई भारतका अंग्रेज गभर्नर जनरलसित नेपालले अंग्रेजलाई के कस्ता सहयोग गर्नुपर्दछ भनी सरसल्लाह गरेका थिए। कलकत्ताबाट जुद्ध शमशेर नेपाल फर्केपछि विश्व युद्धको लागि सहयोग कार्यक्रम बनाए।
दोस्रो विश्वयुद्धमा नेपाली सेना बर्मा, मिश्र, सुडान, अनिसिपीया, इटाली, सिरिया, इराक, इरान र सिंगापुरमा लगियो । यस युद्धमा पनि जुद्ध शम्शेरले अंग्रेज सरकारलाई आर्थिक सहयोग गरेका थिए।
२९ जेष्ठ २०७५, मंगलवार १६:४३ प्रकाशित