१५ चैत्र २०८०, बिहीबार
डोनाल्ड ट्रम्प र किम जोंग उनबीच ऐतिहासिक भेटवार्ता
  • काँचुली खबर

२९ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनबीच ऐतिहासिक भेटवार्ता भएको छ । सिंगापुरको होटल क्याम्पेलामा मंगलबार बिहान उनीहरुबीच भेटवार्ता भएको हो ।

वार्तास्थलमा पुगेलगत्तै दुवै नेताहरुले हात मिलाएका थिए । यो भेटवार्तामा करिब एक घण्टा चल्ने बताइएको छ । भेटवार्तामा दोभाषेको पनि व्यवस्था गरि भेटवार्ता सुरु हुनुभन्दा ठीक अगाडि ट्रम्पले भनेका छन्- सबै कुरा एकदम ठीक छ तर यो वार्तामा राम्रो सम्झौता हुन पाउँछ कि पाउँदैन छिट्टै थाहा हुनेछ ।

उनले भनेका छन्, ‘किम जोङ्ग उनसँगको यो भेट एक सम्मान हो । जसबाट हामीबीच एक उत्कृष्ट सम्वन्ध बन्ने विश्वास गर्दछु ।’

वार्तामा बस्नुअघि पत्रकारहरुसँग ट्रम्पले भने, ‘साँच्चै मलाई एकदम राम्रो लागिरहेको छ, हामी एकदम ठूलो कुरामा छलफल गर्न गइराखेका छौं । यो सफल होस् ।’ यसैगरी किमले भने, ‘यहाँ आउन सहज थिएन । पुरानो पूर्वाग्रहमा हामी थियौं तर हामीले ति सबैलाई हटायौं ।’ ट्रम्पले किमसँग मिलाएको हात हल्लाउँदै भने, ‘यो सत्य हो ।’

  • २९ जेष्ठ २०७५, मंगलवार ०७:५० प्रकाशित
  • Nabintech