१४ बैशाख २०८१, शुक्रबार
उप-मेयर क्रिकेट प्रतियोगितामा सरस्वती र सगरमाथा बिजयी
  • काँचुली खबर

कोहलपुरमा जारि प्रथम मा.वि स्तरीय उपमेयर छात्रा क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत सोमबार भएको सरस्वती मा.वि. र वागेश्वरी एकेडेमीबीचको पहिलो खेलमा सरस्वती मा.वि. बिजयी भएको छ ।
प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान कोेहलपुरमा भएको खेलमा सरस्वती मा.वि.ले टस जितेर ब्याटिंगका लागि बागेश्वरी एकेडेमीाई निम्तो दिएकोमा निर्धारित १५ ओभरमा ३ विकेटको क्षतीमा बागेश्वरीले १ सय ३५ रन जोड्न सक्यो । वागेश्वरीका लागि दुर्गा रेश्मी मगरले सर्वाधिक २८, लुना सिंहले १९ र निलम शाहीले १८ रन जोड्न सफल भए । १ सय ३६ रनको बिजयी लक्ष्य पाएको सरस्वती मा.वि.ले १४.४ ओभरमा ५ विकेटको क्षतीमा १ सय ३६ रन जोड्दै बिजयी बन्यो । सरस्वतीका लागि सलु वि.क.ले सर्वाधिक ३४ रन जोड्न सफल भइन् भने कौशिला वि.क.ले २२ रनको योगदान गरिन । खेलमा प्लेयर अफ द म्याच सलु वि.क. घोषित भइन् ।


यस्तै सोमबार सम्पन्न दोस्रो खेलमा सगरमाथा ज्ञानपुञ्ज मा.वि. ३० रन अन्तरले बिजयी भएको छ । टस हारेर मैदानमा उत्रिएको सगरमाथाले निर्धारित १५ ओभरमा ५ विकेट गुमाउँदै १०० रनको योगफल तयार पार्न सफल भएको थियो । सगरमाथाका लागि सुजाता बोगटीले सर्वाधिक ३१ रन र स्वस्तिका भट्टले १६ रनको योगदान दिए । यस्तै सगरमाथाका अलिसा सुनारले २ र यमुना थापा, सुजाता बोहरा, पुजा चन्द र अनिशा शाहीले समान १÷१ विकेट लिन सफल भए ।
१ सय १ रनको बिजयी लक्ष्य लिएको लक्ष्मी माविले १५ ओभरमा ९ विकेटको क्षतीमा मात्र ७० रन जोड्न सक्यो । लक्ष्मी माविका तर्फबाट पुष्पा बल मे मात्र १८ रनको सर्वाधिक योगफल जोड्न सफल भइन् । लक्ष्मी मा.वि.का तर्फबाट टिका थापाले २ र पुजा थापाले १ विकेट लिन सफल भए । खेलको प्लेयर अफ द म्याच सगरमाथाकी सुजाता बोगटी घोषित भइन् ।


प्रतियोगिता अन्तर्गत भोली (मंगलबार) ग्रिन पिस मा.वि. र कृष्ण मा.वि. बिच पहिलो खेल हुने भएको छ भने दोस्रो पारीमा जनज्योतीले तक्षशिला एकेडेमीको सामना गर्ने भएको छ ।

  • २८ जेष्ठ २०७५, सोमबार २०:३८ प्रकाशित
  • Nabintech