७ बैशाख २०८१, शुक्रबार
तमु भाषा प्रशिक्षण तालिम सम्पन्न
  • काँचुली खबर

तमु (गुरुङ्ग) समुदायकालागि मातृभाषा प्रशिक्षण तालिम नेपालगन्जमा सम्पन्न भएको छ । नेपालगन्ज उप–महानगरपालिकाको आयोजना तथा गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति बाँकेको समन्वयमा संचालित १० दिने प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको हो ।
तालिमको समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल जनजाती महासंघ बाँकेका अध्यक्ष डम्बर बहादुर थापाले सबै समुदायले आप्mनो भाषा, संस्कृती जोगाउन पहल लिनुपर्ने बताए । उनले साँस्कृतीक तथा भाषिक पहिचान रहेमात्र जातिय पहिचान रहने भन्दै सबै क्षेत्रका आदिवासीहरु आ–आप्mनो पहिचानकालागि अग्रसर हुनपर्नेमा जोड दिएका थिए ।


कार्यक्रममा बोल्दै बौद्ध धर्म संघ जिल्ला बाँकेका रण प्रसाद राना, नेपालगन्ज उपमहानगरपालिका २ नं. का वडा सदस्य धुर्ब दाहाल, प्रशिक्षक दिपक गुरुङ, तमुस्यो ह्युल छोंज धी बाँके अध्यक्ष सिता गुरुङ्ग, जिल्ला बाल क्लब संजाल बाँकेकी अध्यक्ष श्वेता गुरुङ, नेपाल तमु विद्यार्थी छोंज धी बाँकेका अधयक्ष सुधन गुरुङ्ग, प्रशिक्षार्थी महेश्वरी गुरुङ्ग लगायतले सदियौंदेखिको तमु संस्कृती जगेर्ना गर्नुका साथै नयाँ पुस्ता त्यसतर्फ आकर्षित गराउन प्रशिक्षण कार्यक्रमले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताएका थिए । उनीहरुले नयाँ पुस्तालाई अनिवार्य रुपमा मातृभाषा सम्बन्धि ज्ञान प्रदान गर्न अभिभावकहरु गम्भीर हुनुपर्नेमा जोड दिए ।
तालिम समापन कार्यक्रममा तालिममा उत्कृष्ट हुन सफल सुमन गुरुङ्ग, सर्मिला गुरुङ्ग र लुना गुरुङ्गका साथै तालिममा सहभागी अन्य प्रशिक्षार्थीहरुलाई समेत प्रमाणपत्र वितरण गरिएको थियो ।


स्थानिय बौद्ध धर्म संघ (गुम्बा) नेपालगन्जमा संचालन गरिएको प्रशिक्षणमा जिल्लाभित्रका २५ जना गुरुङ समुदायका युवायुवतीहरुले सहभागीता जनाएको गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति बाँकेका संगठन सचिव गजेन्द्र गुरुङले जानकारी दिए ।
गुरुङ्ग भाषाको राष्ट्रिय गितसँगै सुरु गरिएको कार्यक्रमको सभापत्वि गुरुङ्ग राष्ट्रिय परिषद बाँकेका अध्यक्ष युगबहादुर गुरुङले गरेका थिए भने परिषदकी सचिव शोभा गुरुङले कार्यक्रम संचालन गरेकी थिईन ।

  • २६ जेष्ठ २०७५, शनिबार २०:३४ प्रकाशित
  • Nabintech