१४ बैशाख २०८१, शुक्रबार
उप-मेयर छात्रा क्रिकेट प्रतियोगितामा रामजानकी बिजयी
  • काँचुली खबर

शनिबारदेखि कोहलपुरमा सुरु भएको प्रथम उप-मेयर छात्रा क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगिता–२०७४ अन्तर्गत शनिबार सम्पन्न दोस्रो खेलमा रामजानकी मा.वि. ले सगरमाथा ज्ञानपुञ्जलाई पराजित गर्दै जित निकालेको छ । रामजानकीले ६ रनको रोचक जित निकाल्न सफल भएको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको रामजानकीले निर्धारित १५ ओभरमा ६ विकेट गुमाउँदै १ सय १८ रन जोड्न सफल भएको थियो । जसकालागि सारिका घर्तिले १४ र दिपिका सिग्देलले १३ रन जोडेका थिए भने दिक्षा र अस्मीताले समान १०\१० रन जोडेका थिए । रामजानकीकालागि ४८ रन अतिरिक्त प्राप्त भएको थियो ।
१ सय १९ रनको बिशाल लक्ष्य पाएको ज्ञानपुञ्ज ले निर्धारित १५ ओभरमा ७ विकेट गुमाउँदै १ सय १२ रनमा समेटिएको थियो । ज्ञानपुञ्जका खेलाडीहरुले उत्कृष्ट पारी खेलेपनि टिमलाई जित दिलाउन सकेनन् ।


प्रतियोगिता अन्तर्गत भोली (आईतबार) ग्रिन पिस मा.वि. र साईनिङ स्टारबिच पहिलो खेल हुने छ भने दोस्रो पारीमा दिब्य विद्या सदन र जनज्योती मा.वि. बिच प्रतिस्प्रर्धा हुने प्रतियोगिता ब्यवस्थापनको जिम्मा पाएको मध्यपश्चिम क्रिकेट क्लबका सल्लाहकार लेखबहादुर क्षेत्रीले जानकारी दिए ।
प्रतियोगितामा कोहलपुर नगरभित्र संचालनमा रहेका १२ वटा विद्यालयले सहभागीता जनाएका छन । प्रतियोगिताको विजेताले ट्रफीसँगै नगद रु.२१ हजार र उपबिजेताले १० हजार ५ सय रुपौयाँ प्राप्त गर्ने छन ।

  • २६ जेष्ठ २०७५, शनिबार १९:५५ प्रकाशित
  • Nabintech