८ बैशाख २०८१, शनिबार
क्यान्सर रोगीहरुका लागी निशुल्क शिबिर
  • काँचुली खबर

बाँकेको खजुरामा रहेको शुसील कोईराला प्रखर क्यान्सर अस्पतालले क्यान्सर रोगीहरुका लागी निशुल्क निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेको छ । अस्पताल सञ्चालनको तैयारी भैरहेका बेला अस्पतालले निशुल्क रुपमा स्वास्थ्य शिबिरको आयोजना गरेपछी बाँके संगै बर्दिया सुर्खेत लगाएतका स्थानबाट क्यान्सर रोगीहरु उपचारका लागी आएका छन । खासगरि महिलाहरुको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर भएका महिलाहरु उपचारका लागी बढि आएको सुसील कोईराला प्रखर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. बिश्वराम पौडेलले जानकारी दिनुभयो । खजुरामा क्यान्सर रोगको सेवा पाएपछी उपचारका लागी आएका सबैसाधारणहरु खुसी भएका छन । यस अघि सामान्य क्यान्सर भएपनी चितवनको भरतपुर वा काठमाण्डौ जानुपर्ने बाध्यता टरेको छ । शिबिरबाट ५ सय बढिले सेवा लिने अस्पतलाले जनाएको छ । अस्पतालले असार पहिलो साता ओपीडी सेवा सुरु गर्ने गरी तैयारी गरिरहेको छ ।

  • २६ जेष्ठ २०७५, शनिबार १६:२० प्रकाशित
  • Nabintech