१५ चैत्र २०८०, बिहीबार
यूवा परामर्श तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
  • काँचुली खबर

समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी युुवा मुल नाराका साथ लागुु पदार्थ दुरब्र्यसन र यसका असर तथा परिणाम र सर्तकता बारे यूवा परामर्श तथा अभिमुखीकरण कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ ।
जिल्ला यूवा समितिको कार्यालयको मुख्य आयोजना र नेपालगन्ज उपमहानगरपालिकाको सहयोग तथा एसओएस, नेपालगन्ज, नेपालगन्ज उद्योग बाणिज्य संघ, सहारा हाउस, सामना ड्रग रिहाव सेन्टर, नवकिरण ड्रग रिहाव सेन्टर र प्रेरणा ड्रग रिहाव सेन्टरको सहकार्यमा यूवा परामर्श कार्यक्रम तथ अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो ।
सो यूवा परामर्श तथा अभिमुखीकरण कार्यक्रमको सहजीकरण सहारा हाउसका प्रमुुख अभिराज क्षेत्रीले गरेका थिए । उनले लागु पदार्थ दुब्र्यसन र यसका असर तथा परिणाम र लागु पदार्थबाट कसरी बच्न सकिन्छ भन्ने बारे यूवाहरुलाई जानकारी गराएका थिए । सो कार्यक्रममा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले अभिभावकहरुलाई सचेतना जगाउनुु पर्नेमा जोड दिए ।


लागु पदार्थ दुरब्यसन रोक्नको लागि स्थानीय नागरिकले सहयोग गर्नु पर्ने महिला तथा बालबालिका सेवा केन्द्रका श्याम कुमारी मगरले बताईन । उक्त अभिमुखीकरण कार्यक्रमबाट लागुऔषधको असर तथा लागूऔषध दुरुपयोग सम्बन्धि उपचारका बारेमा जानकारी पाई लागूऔषध दुरुपयोगका घटना रोकथाम तथा न्यूनीकरणमा टेवा पुग्ने विश्वास लिइएको बताइएको छ ।
कार्यक्रममा सामाजिक विकास मन्चका भुपाल बोहरा, राईजिङ्ग आईडल्सका राजन बर्मा, सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका सोम गुरुङ्ग लगायतको सहभागिता रहेको थियो । सो कार्यक्रममा युवाहरु साहिल अन्सारी, ज्ञान ज्योति बाल क्लबका अध्यक्ष दिपा वली, रितिक शाही, साहुबुद्धिन हलवाई, मेघ बहादुर खत्री, आरटिआई अभियान्ता शैलेन्द्र कुमार वैश्य लगायतले आ–आफनो विचार राखेका थिए । कार्यक्रममा ६० बढि युुवा युवतीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला यूवा समितिका प्रमुख रामसुरेश यादवको सभापतित्वमा सम्पन्न भएको थियो ।

  • २४ जेष्ठ २०७५, बिहीबार २२:३९ प्रकाशित
  • Nabintech