७ बैशाख २०८१, शुक्रबार
मुल्य बृद्धि बिरुद्ध सडकमा उत्रियाे नेविसंघ
  • काँचुली खबर

नेपाल विद्यार्थी संघ बाँकेले पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धिको बिरोधमा बुधबार दिउँसो बाँकेको सदरमुकाम नेपालगन्जमा नाराजुलुस गर्दै जिल्ला प्रशासन कार्यालय अगाडी एक घन्टा धर्ना दिएका थिए । मंगलबार जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको नेबिसंघ बाँकेका नेता यज्ञ महराले बताए । उनीहरुले सरकारबिरुद्ध नाराबाजि गर्दै धर्ना एवं कालो झण्डा प्रदर्शन गरेको हो ।


जनताको ढाड सेक्नेगरी गरीएको मुल्यबृद्धि तत्काल फिर्ता लिन नेपाल विद्यार्थी संघका नेताहरुले नाराबाजि गर्दै माग गरेका छन् । बहुसंख्यक जनता गरीबिको रेखामुनी रहेको हाम्रो देशमा सरकारले मूल्य बृद्धि गरेर ब्यापारी बन्न खोज्नु हुदैन भन्ने आफुहरुको धारणा रहेको नेबिसंघका नेताहरुले बताएका थिए ।
सरकार गठन भएपश्चात सहुलियत प्राप्त हुनुकोसट्टा पाचँ पटक पेट्रोलियम पदार्थमा भएको मूल्य

बृद्धि र कालोबजारीकाकारण दैनिक उपभोग्य बस्तुमा आएको मुल्यबृद्धिले जनताले हैरानी ब्यहोर्नुपरेको भन्दै कालाबजारी र माफियाकरण नियन्त्रण गरी पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धि तत्काल फिर्ता गर्न नेबिसंघ बाँकेले माग गरेको छ ।

  • २३ जेष्ठ २०७५, बुधबार १९:५७ प्रकाशित
  • Nabintech