विवाह र जन्मदिनलाई आकर्षक बनाउन पार्टी तथा भोजको नाममा लाखौ फजुल खर्च गर्ने परिपारीलाई चुनौति दिँदै एक युवाले आप्mनो जन्मदिन साधारण किसिमले असाहय एवम् अशक्त जेष्ठ नागरिक र अभिभावक विहिन वालबालिकासँग मनाएका छन् ।
काठमाण्डौ ठमेलमा होटल व्यवसाय क्षेत्रमा सफल व्यवसायीको पहिचान बनाउन सफल कोहलपुर विद्युतरोड निवासी शोभन हमालले फरक किसिमले हरेक वर्ष जन्मदिनलाई विशेष बनाउने अभियान अन्र्तगत नेपालगञ्जमा रहेको नीलहिरा असहाय अशक्त पुर्नस्थापना केन्द्र तथा जेष्ठ नागरिक सेवा केन्द्रमा जेष्ठ नागरिकहरुको आशिर्वाद लिएर जन्मदिन मनाएका छन् । ‘जेष्ठ नागरिक र बालबालिकाहरुसँग खुशी साट्न पाउँदा मनमा छुट्टै आनन्दको अनुभूती भएको छ ।’ उनले भने । असहाय, अशक्त जेष्ठ नागरिकका लागि केही थान लत्ता कपडा र अभिभावक विहिन वालवालिकाहरुका लागि शैक्षिक र खेलसामाग्री पुर्नस्थापना केन्द्र पुगेका हमालले आप्mनो सानो प्रयासले समाजका अग्रणी व्यक्तिहरु जो असहाय र अशक्त भएर पनि मन खोलेर आशिर्वाद प्रदान गर्दा आपूm भावुक बन्न पुगेका बताए । पछिल्लो समयमा विशेष गरी जन्मदिनको नाममा लाखौं फजुल खर्च गर्ने होडवाजीलाई अन्त्य गर्न पनि आपूmले आप्mनो जन्मदिन फरक किसिमले मनाउँदै यस अघिका जन्मदिनहरुमा पनि काठमाण्डौ रहदा वृद्वाश्रमहरुमा पुगेर सक्दो सहयोग गरेर जेष्ठ नागरिकहरुको आर्शिवाद लिएर जन्मदिन सामान्य किसिमले मनाउँदै आएको बताए ।
बोकर
साथीभाई र आफन्तहरुलाई मदिराजन्य वस्तुहरुको सेवन गरेर जन्मदिन मनाउनु भन्दा मानविय संवेदनालाई महशुस गरेर अशक्त र जेष्ठआएको बताए । खुशी बाड्दा मनमा ठुलो सन्तुष्टी मिल्ने भएकाले जन्मदिनलाई सामान्य बनाउन हरेक नागरिकलाई उनले आग्रह समेत गरेका छन् ।
नागरिकहरुसँग
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
२३ जेष्ठ २०७५, बुधबार १७:२५ प्रकाशित