नेपालगञ्ज उपमहानगरपालिका भित्रका ७० अति विपन्न तथा गरिब मुस्लिम परिवारलाई पवित्र रमजानमा राहात पुग्ने गरी पौष्टिक आहार सहायता खाद्यान्न वितरण गरिएको छ । कतर च्यारेटीको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले नेपालगन्ज उपमहानगर पालिकाको समन्वयमा सोमवार सो आहार सहायता खाद्यान्न वितरण गरेको हो ।
खाद्यान्न वितरणका लागि आयोजना गरिएको एक कार्यक्रममा बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य झलक गैरे, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारु, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरज गौतम, बाँके युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खान लगायतले विपन्न परिवारका महिलाहरुलाई सो खाद्यान्न वितरण गरे ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
मुस्लिम समुदायको पवित्र महिना रमजान चलिरहेकोले रोजा राख्न तथा ईद मनाउन समेत केही सहज होस भन्ने उदेश्यका साथ विपन्न मुस्लिम एकल महिलाहरुलाई सो खाद्यान्न राहात स्वरुप वितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले बताए ।
उनले कतर च्यारिटीले निकट भविष्यमा बाँके युनेस्को क्लब मार्फत शिक्षा, स्वास्थ्य र जिविकोपार्जन सम्बन्धि अन्य विभिन्न परियोजना बाँकेमा संचालन गर्ने जनाउँदै पहिलो पटक यो सानो राहात उपलब्ध गराएको बताए ।
सो अवसरमा बोल्दै मुस्लिम अगुवा महिला तलत खानले कतर च्यारिटीले पहिलो पटक नेपालगन्जका एकल मुस्लिम विपन्न महिलाका लागि आहार सहायता सहयोग गरेकोमा धन्यवाद दिंदै भवियष्मा सहयोग बढाउन आग्रह गरिन् ।
उनले यो सहयोगबाट विपन्न परिवारलाई रमजानको रोजा बस्न तथा ईद मनाउन सहयोग पुग्ने जनाउँदै गरिबले पनि खुशी भएर पर्व मनाउन पाउने बताइन् ।
आहार सहायता राहात पाएकी नेपालगन्ज–११ की शाहजहाँ बानोले यो सहयोगले आफ्नो परिवारलाई रमजान र ईदमा खुशी मनाउन ठुलो सहयोग गर्ने बताइन् । उनले यस्ता सहयोग सबै विपन्नले पाउनु पर्नेमा जोड समेत दिईन् ।
कतर च्यारेटीबाट प्राप्त भएको सो आहार सहायता वितरणका लागि क्लबले नेपालगन्ज उपमहानगरपालिकासंग समन्वय गरेको थियो । उपमहानगरका सबै वडा कार्यालयहरुले हरेक वडाबाट ३–३ जना एकल मुस्लिम विपन्न महिलाहरुको नाम छनोट गरेर पठाएको थियो । उनिहरुलाई नै सो आहार सहायता वितरण गरिएको थियो ।
२१ जेष्ठ २०७५, सोमबार २०:२६ प्रकाशित