१३ बैशाख २०८१, बिहीबार
प्रदेश पाँचलाई अर्गानिक कृषि क्षेत्र बनाउँछौ : मन्त्री पौडेल
  • काँचुली खबर

० कृषि तथा भूमि व्यवस्था मन्त्री बन्नु भएको के गर्दै हुनुहुन्छ ?
– मुलुक संघीय प्रणालीमा सञ्चालन शुरु भएको छ । हामी प्रदेश न ५ को कृषि विकासका लागि कसरी काम गर्ने भन्ने छलफलमा जुटेका छौं । विगतमा भएका नीति नियमलाई विश्लेषण गर्दै प्रदेशका किसानका हितकारी नीति आवश्यक ठान्दै नयाँ नीति नियम बनाउने काममा हामी जुटेका छौं ।
० कहाँ पुग्यो नीति निर्माणको काम ?
– नीति निर्माणका लागि विभिन्न क्षेत्रका विज्ञहरु सहितको छलफलबाट नै नीति निर्माणको काम अगाढि बढिरहेको छ । जव प्रदेश सभाबाट कानुन निर्माण हुन्छ । त्यसपश्चात अरु नीति नियमका कामहरु अगाडि बढ्ने छ । कानुनको अभावले नीति निर्माणमा पनि समस्या त आएको छ । तर पनि हामीले कृषि तथा पशुपन्छी र अन्य क्षेत्रगत हिसावले गृह कार्य भने गरिरहेका छौं ।
० त्यसो भए अव यहाँहरुले नीति निर्माण गर्दा विगतको भन्दा फरक योजना ल्याउनु हुन्छ ?
– विगतकोको योजनाभन्दा विल्कुलै फरक भन्ने हुँदैन । विगतमा बनाइएको योजनाहरुलाई परिष्कृत गर्दै प्रदेशका किसानहरुको समेत आवश्कतालाई हेर्दै कृषिमा कसरी आत्मनिर्भर बन्न सकिन्छ किन अहिले पछि परेका छौं समस्या कहाँ थियो रु ती विषयबस्तुलाई विल्लेषण गर्दैै किसानका हितमा कसरी जाने भन्ने कुरालाई प्राथमिकता दिएर योजनाहरु बन्ने छन् । सवैभन्दा महत्वपूर्ण काम के गर्ने योजना छ भने भूउपयोग नीति कार्यान्वयनको गर्ने, कृषि योग्य भूमिलाई बाँझो राख्न नदिने, जग्गाको बैज्ञानिक नापजाँच गर्ने र खेती योग्य भूमिलाई बाँझो राख्ने प्रबृत्तिलाई निरुत्साहित गर्ने छौ ।
० विगतलाई हेर्ने हो भने नीति नियम बनाउने तर कार्यान्वयन गर्ने अवस्था देखिएको छ, त्यसो भए काम कहिलेबाट सुरु होला ?
– ठ्याक्कै नै यहि समयबाट शुरु हुन्छ वा अहिले नै हुन्छ भन्ने कुरा छैन । किनकी अहिले शुरुवाती अवस्थामा छौ । हामीले विषयबस्तुमा छलफलमा चलाईरहेका छौं । सबै मन्त्रालयबाट कार्यक्रम आएपछि कार्यान्वयमा हामी जुट्छौं ।
० किसानले प्रदेश सरकार र मन्त्रालयले काम गर्न थालेको अनुभूति पाउलान् त ?
– पक्कै पाउँछन् । हामी किसानले अनुभूति गर्र्न गरी कार्यक्रमहरु तयार गर्न जुटेका छौं । हामी प्रदेश सरकार र यो मन्त्रालय किसानसँग प्रत्यक्ष जोडिएर काम गर्ने मन्त्रालय भएका कारण पनि विगतमा जस्तो समस्या नहोला । तर, किसानको खेतवारीमा नै आजको भोली नै पुग्छ भन्ने सोच राख्नु हुँदैन । कृषिमा युवा जनशक्तिलाई आकर्षण नगरी नेपालको कृषि क्षेत्रको विकास हुँदैन । त्यसकारण पनि कसरी युवाहरुलाई आकर्षित गर्ने भन्ने विषयमा लागिरहेका छौ । पाखुरामा बल भएको मनमा जोस भएको अलिकती गर्न सक्ने हिम्मत राख्ने युवाहरु अहिले विदेश पलायन भईरहेका छन् । उनीहरुलाई कृषिमा आकर्षित गरेर कृषि मार्फत समृद्धि गर्ने हाम्रो योजना रहेको छ । त्यस्तै यान्त्रीकीकरणमा जोड दिने छौ । विगतगका जस्तो हलो जोतेर, डोकोमा मल बोकेर अवको किसानहरुले काम गर्दैन । त्यसबाट लागत पनि उठ्दैन । त्यसको लागि हामी बैज्ञानिक खेती पद्धति अवलम्बन गछौं ।
० नीति निर्माण गर्दा केन्द्रीय सरकारसंगको समन्वय कस्तो हुन्छ ?
– केन्द्रीय सरकारसँगको समन्वयबाट नै हामी नीति निर्माण गर्ने छौ । प्रदेश सरकारले कतिपय कुराहरु केन्द्रबाट समन्वय गरेर नै गर्दा त्यसलाई कार्यान्वयन गर्न अझ सहज हुन्छ भने । प्रदेश सरकार र यस मन्त्रालयलाई कतिपय कुरा बुझ्न अझै केही समय लाग्ने पनि हुन्छ । केन्द्र सरकारसँग मात्र होइन स्थानीय तहसंग समन्वय गरेर अगाडि बढ्नु अनिवार्य छ । त्यसका लागि हामीले हाम्रो परिवेश सुहाउदो कार्यक्रम थपघट गरेर काम अगाडि बढाउछौं ।
० प्रदेश पाँचमा कृषिमा के के छन् संभावना ? जसमा हामीले ठोस काम गर्न सक्छौं ?
– प्रदेश पाँचमा पशुपालनको राम्रो संभावना छ । मासुमा हामी आत्मनिर्भर बन्न सक्छौ । यस्तै खाद्यान्नमा पनि हामी धान, गहुँ, मकै तरकारीजन्य उत्पादनमा आत्मनिर्भर हुन सक्छौं । फलफूलहरु पहाडमा, पशुपालन पनि पहाडी क्षेत्रमा बढिमात्रामा जोड दिने छौ भने तराईको क्षेत्रमा खाद्यान्न उत्पादनमा नै हाम्रो मुख्य जोड हुने छ ।
० कृषि क्षेत्रमा किसानले प्रत्यक्ष रुपमा लाभ पाउने गरी योजना आउन सकेको छैन भन्ने गुनासो छ प्रदेश पाँचको कृषि मन्त्रीको हैसियतले के योजना बनाउनु ?
– वास्तवमा नै भन्ने हो भने वितगमा किसानका नाममा आएका योजना वा अनुदान किसानसम्म नपुगेको गुनासो छ । अव प्रदेश सरकारले त्यस्ता कार्यको निरुत्साह गर्दै किसानले लाभ पाउने गरी के कृषि सहकारी मार्फत कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छु । कृषि सहकारीहरुलाई गाउँ गाउँमा उत्पादनमा लगाउने र शहरको सहकारीलाई बजारीकरणको काममा लगायने गरी योजना तयार गरिरहेको छौं । गाउँको सहकारीले उत्पादन गर्छ, शहरको सहकारीले बजारीकरणको लागि सहजीकरण गर्छ ।
० अन्य प्रदेश भन्दा पाँच नम्बर प्रदेशलाई फरक पहिचान बनाउने के कार्य हुन सक्छ ?
– प्रदेश पाँचलाई अर्गानिक कृषि क्षेत्र बनाउने छौं । त्यसका लागि हाम्रो जोड हुने छ । हामीले जोड दिएका छौ । रोल्पा र रुकुम जिल्लाले अहिले अर्गानिक जोनको रुपमा काम अगाडि बढाईसकेको अवस्था छ । युवा विद्यार्थीहरुलाई जोड दिएर कृषिको कार्यक्रम बनाउने हाम्रो योजना रहेको छ । त्यस्तै विद्यार्थीहरुलाई ६ कक्षा देखि नि नै व्यवसायिक शिक्षा अगाडी बढाउने योजना रहेको छ । माटो प्रतिको मोह विद्यार्थीहरुलाई नै जगाउने योजना हाम्रो रहेको छ ।

  • २१ जेष्ठ २०७५, सोमबार १९:५६ प्रकाशित
  • Nabintech