१६ मंसिर २०७९, शुक्रबार
बौद्धिक अपाङ्गलाई दाम्लोको साहारा
  • काँचुली खबर

हरेक बाबु्आमाको एउटा सपना हुन्छ, आफना सन्तान राम्रो मान्छे बनुन् अनि ठुलो मान्छे बनेर आफुहरुको बुढेसकालको साहारा बनुन् भन्ने । तर बाँकेको नेपालगन्ज उपमहानगरपालीकाको वडा नं. २०, नयाँ बस्ति थपुवा गाँउमा रहेको एक दम्पतीको त्यो सपना ठ्याक्कै उल्टो भएको छ  । बुढेसकालमा आफुहरुले सन्तानबाट साहारा पाउनु त कता हो कता उल्टै जवान २ छोराको साहारा बन्नु परेको छ यी दम्पतीलाई ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० नयाँ बस्ति थपुवाका कमल राई र साबित्री राईको दिनचर्या आफना २ छोराको स्याहार सुसारमै जाने गरेको छ । २ छोरी र २ छोराका बाबुआमा रहेका उनीहरु छोरीहरुको बिहे गरेर उम्किए पनि जवान भैसकेका अपाङ्ग छोराहरुको सुसार गर्दागर्दै दिन बित्ने गरेका छन् । उनीहरुका जेठा छोरा रबि राई २१ बर्ष पुगिसकेका छन । कान्छा छोरा सरोज राई भर्खर १२ बर्ष पुगेका छन । तर दुबै जना बौद्धिक अपाङ्ग छन । २१ बर्षिय रबि राई चौबिसै घण्टा दाम्लोमा बाधिएका हुन्छन । उनको खुट्टामा रसिको दाम्लो बाधिएको छ । यदि उनलाई बाँधेर नराखे घरमा भएका सामान तोडफोड गरिदिने, गाउँमा गएर जे पनि गरिदिने पिडा सुनाउछन, उनका बाबु कमल राई ।

जेठो छोरालाई यसरी बाँधेर राख्न थालेको १८ वर्ष भैसकेको । उनी बोल्न जान्ने भएपछी यसरीनै यो नरकीय जिबन जिउन बाध्य छन । कान्छा छोरा सरोजको पनि अबस्था यस्तै छ । १२ बर्षको उमेरका उनी पनि त्यसरी नै दाम्लोले बाधिन्छन,जसरी जेठा छोरालाई बाध्ने गरिन्छ । तर जेठो छोराको तुलनामा कान्छो छोराले त्यति धेरै बदमासी नगर्ने भएकोले कहिले काँही कान्छो भने दाम्लोबाट मुक्ति पाउछन् । तर दुबै बाबु आमाको एकै पटक कुनै काम पर्यो भने दुबै छोरालाई दाम्लोले बाधेर काममा जानु पर्ने उनीहरुको बाध्यता छ ।
सामान्य घर परिबारका यी दम्पतीले आफ्ना छोराहरुलाई उपचारका लागि धामी झाँक्रि देखि अस्पताल सम्म पनि पु¥याए । तर उपचारका लागि पैसाको जोहो गर्न नसकेपछी नियमित चिकित्सकलाई देखाउन नसक्ने अबस्था छ । उनीहरु भन्छन, पैसा नभए पछि चिकित्सकले पनि आफै ठिक हुन्छ भन्दै घर पठाई दिने गरेका पिडा सुनाउछन बाबु कमल राई ।

घरमा ४ जनाको परिवार २ जना छोरा अपाङ्ग । बाबु आमाको कुनै आम्दानीको श्रोत छैन । अपाङ्ग २ छोराहरुको मासिक २ हजारका दरले आउने सामाजिक सुरक्षा भत्ताले नै उनीहरुले जिवन गुजारा धान्ने स्रोत भएकोछ । नेपालगन्ज बजारमा निकै ठुला ठुला अस्पतालहरु छन । एक से एक रोगहरुको उपचारका लागि काठमाण्डौ संग प्रतिस्पर्धा गरिरहेका छन, यहाँका अस्पतालहरुले । तर यी दुई अबोध सन्तानहरु भने उपचारको अभाबमा दाम्लो जिबन जिउन बाध्य छन । तर स्थानिय सरकार र कुनै पनि अपांग संग काम गर्ने संघ संस्थाहरुलको साथ र सहयोग नगरेको पनि कमल राईले बताए । यस्तै उनकी पत्नि साबित्री राई भने नेपाल अपांग महिला संघसंग आबद्ध छिन, बेला बेलामा उनले समुहबाट रिण लगेर केहि समस्याको समाधान गर्ने गरेको बताईन ।
कमल राईले आफ्नो काम गर्ने क्षमता र उमेर हुदासम्म पाल्न समस्या नहुने र पछि आफुलाई केहि भएको खण्डमा कसरी र कस्ले यिनीहरुको हेरचाह गर्ला भन्ने उनको मनमा पिडा भैरहेको पनि बताउछन । त्यसैले उनले कुनै संघ संस्थाले यिनीहरुको हेरचाह र पालन पोषण गरिदिएको भए केहि भए पनि आफुहरुलाई शान्त हुने बताउछन । र आफु पनि सुगरको रोगी भएका कारण पनि धेरै काम गर्न  नसक्दा थप पिडाबोध भएको राईले दुखेसो पोखे ।

  • १९ जेष्ठ २०७५, शनिबार १९:१९ प्रकाशित
  • Nabintech