१३ बैशाख २०८१, बिहीबार
चौथो पटक मन्त्रिपरिषद विस्तार :
  • काँचुली खबर

प्रधानमन्त्री केपी शर्मा ओलीले चौथोपटक मन्त्रिपरिषद विस्तार गरेका छन् । प्रधानमन्त्री ओलीले संघीय समाजवादी फोरमका तर्फबाट २ जनालाई सरकारमा सहभागि गराएर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

पछिल्लो पटक फोरमबाट अध्यक्ष उपेन्द्र यादव र मोहम्मद ईस्तियाक राइ सरकारमा सहभागि भएका छन् । उपेन्द्र यादवलाई स्वास्थ्य तथा जनसंख्या र मोहम्मद इस्तियार राइन शहरी विकास मन्त्रालय दिइएको छ । गत फागुन तीन गते प्रधानमन्त्रीको सपथ लिएका प्रधानमन्त्री ओलीले यसअघि २२ सदस्यीय मन्त्रिपरिषद बनाएका थिए ।

संघीय समाजवादी फोरम नेपालले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीसँग दुई बुँदे सम्झौता गर्दै केन्द्रीय सरकारमा सहभागी भएको हो । फोरम नेपाल सात वर्षपछि सरकारमा सहभागि भएको हो । एमालेका तत्कालिन अध्यक्ष झलनाथ खनालको नेतृत्वमा २०६८ सालमा गठन भएको सरकार सहभागी भएको फोरम नेपाल त्यस यता कुनै पनि सरकारमा सहभागी भएको थिएन । सात वर्षमा सातजना प्रधानमन्त्री परिवर्तन भए तर तीमध्ये कुनै पनि सरकारमा फोरम नेपाल सहभागी भएको थिएन ।

  • १८ जेष्ठ २०७५, शुक्रबार १५:३३ प्रकाशित
  • Nabintech