१३ बैशाख २०८१, बिहीबार
अनुगमन समितिद्वारा अनुगमनमा तिब्रता
  • काँचुली खबर

उपप्रमुख संयोजक रहेको नगरस्तरीय अनुगमन समितिले कोहलपुर नगरपालिका अन्तर्गत संचालनमा रहेका विभिन्न योजनाहरुको अनुगमनलाई तिब्रता दिएको छ । नियमित अनुगमन गर्दा भौतीक पूर्वाधार विकास तर्फका अधिकाशं योजनाहरु पछिल्लो समयमा गुणस्तरमा सुधार आएको अनुगमन टोलीको निश्कर्ष रहेको छ । विहिबार नगर स्तरीय अनुगमन समितिले बिहान र दिउँसो गरी वडा नंं. १३, ४, ७, ११, सहितका वडाहरुमा संचालित भौतिक पूर्वाधार विकास तथा आर्थिक विकास तर्फका आधा दर्जन योजनाहरुको अनुगमन गरेको छ ।
कोहलपुर नगरपालिका ४ गोहामा रु. १५ लाख लागतको कल्र्भटको निर्माण भईरहेको कामको अनुगमन गरिएको छ । करिब ५० प्रतिशत काम भएको र सो योजना वर्षा छिट्टै सुरु भएमा सम्पन्न गर्न गाह्रो हुने अनुगमन टोलीमा सहभागी नगरपालिकाका प्रशासन प्रमुख हरी बहादुर वलीले बताए । चारै तर्फ ४÷४ मिटरका पिङवाल सहित निर्माण हुँदै गरेको सो सल्भर्ट ६ मिटर लम्बाई र करिब ९ मिटर उचाईको ‘स्टोनवाल’ मा बनिरहेको छ ।
उपभोक्ता समितिद्धारा निर्माण भईरेहेको सो कल्भर्ट निर्माण उपभोक्ता समितिका अध्यक्ष खटिके थारुले भने, “अहिलेसम्म ५० प्रतिशत मात्र काम भएको छ, असार १५ भन्दा पहिले नै वर्षा सुरु भयो र भेल आउन थाल्यो भने सम्पन्न हुन गाह्रो छ ।” अनुगमन समिति संयोजक सन्जु कुमारी चौधरीले निर्माण भईरेहेको वालमा पानी सिचाँई (क्यूरिङ)
राम्रोसँग गर्न र योजनाको कामको गुणस्तरमा ध्यान दिन वडा नं. ४ का वडा अध्यक्ष तिरथराम थारुलाई सुझाव दिईन ।
त्यस्तै वडा नं. १४ को हवल्दारपुर हुँदै वडा नं. ७ को कम्दी गन्नापुर जोड्ने ७ सय २० मिटर लम्बाईको सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । बिहिबार सो सडकको अनुगमन गर्दा कतिपय स्थानमा सडकको ‘वेस’ कम भएको भएपनि नगरपालिकाका प्राविधिक (ईन्जिनियर) आरती देवकोटाले मापदण्ड अनुसारको काम भएको बताइन । सो सडक ४ मिटर चौडाई कालोपत्रे गरिएको छ ।
नगरपालिकामा संचालित योजनाहरुको नियमित अनुगमन गर्दा यसको प्रभावकारीता पनि बढेको र पछिल्लो पटक अधिकाशं योजनाहरुको गुणस्तरमा समेत सुधार देखिएको नगरपालिका योजना शाखाका पुरुषोत्तम पोखरेलले बताए ।

  • १८ जेष्ठ २०७५, शुक्रबार १२:०६ प्रकाशित
  • Nabintech