८ बैशाख २०८१, शनिबार
कोहलपुर नगरपालिकामा प्रतिफल विहिन योजना संचालन
  • काँचुली खबर

कोहलपुर नगरपालिका अन्तर्गत संचालित आर्थिक विकास तर्फका कार्यक्रमहरु प्रतिफल विहिन जस्तै देखिएका छन । चालु अ.व. मा कोहलपुर नगरपालिकाको नगर सभाबाट पारित झण्डै तिन दर्जन बढि त्यस्ता योजनाहरुकालागि वित्तिय समानिकरण अनुदान तर्फको रु.२ करोड १६ लाख ४५ हजार रकम बिनियोजन गरिएको थियो । त्यसबाट नगर क्षेत्रभित्रका बिभिन्न समुदायका नागरिकहरुलाई आय आर्जनकालागि तालिम संचालन गर्न कार्यक्रमहरु रहेका छन । ति कार्यक्रमहरु संचालन भईरहेका समुह तथा स्थानहरुमा अनुगमन गर्न जाँदा अधिकाशं स्थानमा न तोकिएको सँख्यामा सहभागीहरु उपस्थित देखिन्छन, न नगरपालिकाले निर्धारण गरेको मापदण्ड अनुसारका सेवा सुविधाहरु नै सहभागीहरुलाई प्रदान गरिएको पाईन्छ ।
नगरपालिकाको आर्थिक सहयोगमा संचालन गरिएका त्यस्ता कार्यक्रमहरु चलाईरहेका संस्थाहरुले आप्mनो विधानको भन्दा फरक कार्यक्रम समेत संचालन गरीरहेको पाईन्छ । टेलरिङ्ग सेन्टर चलाईरहेका संस्थाले हाउस वाईरिङको तालिम, गुडिया बनाउन सिकाउने संस्थाले फर्निचर सम्बन्धि तालिम संचालन गर्ने कार्यक्रमहरु लिएर चलाउँदा योजनाको कार्यान्वयन प्रतिफल विहिन जस्तै भएका छन ।
कोहलपुर नगरपालिका ११ मा संचालित ४५ दिने हाउस वाईरिङ तालिममा १५ जना सहभागी हुनु पर्नेमा बिहिबार अनुगमन गर्न जाँदा १० जना मात्र सहभागी भएको पाईएको छ । सहभागीहरुको हाजिरी हेर्दा केही सहभागीहरु सुरु देखि नै अनुपस्थित रहेको पाईयो भने कतिपय सहभागीहरु बिच–बिचमा आउने र छोड्ने गरेको समेत पाईयो ।
नगरपालिकाको रु. २ लाख ५० हजारको सहयोगमा संचालित सो तालिक सुरुको १५ दिन सैद्धान्तीक ज्ञान र पछिल्ला ३० दिन प्रयोगात्कम ज्ञान सिकाउनुपर्ने प्राबधान रहेको प्रशिक्षक मोहित सिंह ठकुरीले बताए । त्यस्तै अनुगमन समिति संयोजक सन्जु कुमारी चौधरीले सहभागीहरुलाई पर्याप्त सुविधा नदिएको र सहभागीहरु पनि सबै उपस्थित नभएकाले तोकिएको मापदण्ड अनुसार कार्यक्रम चलाउन सुझाव दिएको बताईन ।

त्यस्तै आर्थिक विकास तर्फका गुडिया बनाउने र बेतबाँस सामान निर्माण तालिम संचालन गरिरहेको महिला उपकार मञ्चमा पनि बेतबाँसको तालिम संचालनको रु. २ लाख ५० हजारको तालिम चलिरहेको छ । तालिममा १५ वटै वडाबाट १÷१ जना गरी १५ जना सहभागी रहने भनिएपनि बिहिबार अनुगमन गर्न त्यहाँ पुग्दा ५ जनामात्र सहभागी रहेको
पाईयो । सहभागीहरुको बारेमा अनुगमन समितिले सोध्दा वडाहरुबाट सिफरिस गरेर सहभागी हुने ब्यक्ति नै नपठाएको तालिम संचालन गरिरहेका संस्थाका पदाधिकारीले बताए । बैशाख २६ गतेदेखि संचालन गरेको सो तालिम जेठ १७ गते बिहिबार अनुगमन गर्न जाँदासम्म पनि तोकिएको सहभागी संख्याको आधा सहभागीहरु पनि नपुगेको पाईनु प्रतिफल विहिन योजना संचालन भईरहेको अनुगमन टोलीको निश्कर्ष रहेको संयोजक चौधरीले बताईन ।

  • १७ जेष्ठ २०७५, बिहीबार २३:२२ प्रकाशित
  • Nabintech