७ बैशाख २०८१, शुक्रबार
मातृभाषा जोगाउँदै गुरुङ्ग समुदाय
  • काँचुली खबर

तमु (गुरुङ्ग) समुदायकालागि मातृभाषा प्रशिक्षण कार्यक्रम नेपालगन्जमा सुरु भएको छ । नेपालगन्ज उप–महानगरपालिकाको आयोजना तथा गुरुङ राष्ट्रिय
परिषद जिल्ला कार्यसमिति बाँकेको समन्वयमा १० दिने प्रशिक्षण कार्यक्रम संचालन गरिएको हो ।
स्थानिय बौद्ध धर्म संघ (गुम्बा) नेपालगन्जमा संचालन गरिएको प्रशिक्षणमा जिल्लाभित्रका २० जना गुरुङ समुदायका युवायुवतीहरुको सहभागीता रहेको गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति बाँकेका संगठन सचिव गजेन्द्र गुरुङले जानकारी दिए ।
तालिमको उद्घाटन गर्दै नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापाले सबै समुदायले आप्mनो भाषा, संस्कृती जोगाउन पहल लिनुपर्ने बताईन ।
कार्यक्रममा गुरुङ समुदायका अगुवाहरुले नयाँ पुस्तामा मातृभाषाप्रतिको मोह कम हुँदै गएको भन्दै दुःख ब्यक्त गरेका थिए । सदियौंदेखिको तमु संस्कृती जगेर्ना गर्नुका साथै नयाँ पुस्ता त्यसतर्फ आकर्षित गराउन प्रशिक्षण कार्यक्रम सहयोगसिद्ध हुनेमा उनिहरु विश्वस्त देखिएका छन ।

कार्यक्रममा जनजाती महासंघ बाँकेका अध्यक्ष डम्बर थापा, आदिवासी जनजाती पत्रकार संघ (फोनिज) बाँकेका अध्यक्ष समिरमान श्रेष्ठ, नेपालगन्ज उपमहानगरपालिका २ नं. का वडा सदस्य धुर्ब दाहाल, प्रशिक्षक दिपक गुरुङ, जिल्ला बाल क्लब संजाल बाँकेकि अध्यक्ष श्वेता गुरुङ लगायतले नयाँ पुस्तालाई अनिवार्य रुपमा मातृभाषा सम्बन्धि ज्ञान प्रदान गर्न अभिभावकहरु गम्भीर हुनुपर्नेमा जोड दिएका थिए ।
गुरुङ्ग राष्ट्रिय परिषद बाँकेका अध्यक्ष युगबहादुर गुरुङको सभापत्विमा संचालन गरिएको कार्यक्रममा परिषदका संगठन सचिव गजेन्द्र गुरुङले स्वागत मन्तब्य राखेका थिए भने परिषदकी सचिव शोभा गुरुङले कार्यक्रम संचालन गरेकी थिईन ।

  • १७ जेष्ठ २०७५, बिहीबार १९:०७ प्रकाशित
  • Nabintech