८ बैशाख २०८१, शनिबार
टेक्टर पल्टिदा एकको मृत्यु
  • काँचुली खबर

बाँकेको डुडुवा गाउपालिका वडा न. ६ हिरमिनियामा टेक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार बुधबार विहान साढे ११ बजे तीब्र गतिमा रहेका भे१त ५९८६ न. को टेक्टर अनियन्त्रित भई पल्टिदा सोही ठाँउकी ६० वर्षिया फुलकला लोनियाँको मृत्यु भएको हो ।
बाँके प्रहरीका सह प्रवक्ता तथा प्रहरी निरिक्षक रणबहादुर विष्टले टेक्टर र सो को चालकलाई प्रहरी नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको जनाएको छ ।

  • १६ जेष्ठ २०७५, बुधबार १७:०१ प्रकाशित
  • Nabintech