१३ बैशाख २०८१, बिहीबार
११ औं गणतन्त्र दिवस
  • काँचुली खबर

गणतन्त्र दिवस मनाउने विषय पनि सरकारी पक्षको कुरा गर्ने पर्ने कर्मकाण्डी जस्तो मात्र भएको छ । नेपाली राजनिति ईतिहासमा हजारौं सहिदहरुको बलिदानी पश्चात
प्राप्त गणतन्त्रलाई राज्यले नै महत्व नदिएर संघिय सरकारले सार्वजनिक बिदा समेत नदिँदा गणतन्त्र प्रेमीहरु नै आश्चर्यमा परेका छन ।
राज्य बाटै उपेक्षा गरीएर होला जनप्रतिनिधी र आम जनताहरुमा समेत त्यती ठुलो त्याग, बलिदानी र समर्पण गरेर प्राप्त भएको गणतन्त्रलाई ब्यापाक सहभागीतामा ‘गणतन्त्र दिवस’ मनाएको देखिएन । मंगलबार कोहलपुर नगर कार्यपालिकाको आयोजनामा ११ औं गाणतन्त्र दिवस मनाउँदै गर्दा नगरपालिकाका निर्वाचित जनप्रतिनिधीहरु आधाको सँख्यामा पनि उपस्थित देखिएनन् ।
कोहलपुर नगरपालिकामा १५ वडाका ७५ जना, प्रमुख, उपप्रमुख र अन्य तिनजना कार्यपालिका सदस्यहरु समेत गरी ८० जना जनप्रतिनिधीहरु छन । तर मंगलबार मनाईएको गणतन्त्र दिवसको प्रभात फेरीमा जनप्रतिनिधीहरु २० जना पनि सहभागी थिएनन् । त्यस्तै नगरपालिकाका कर्मचारी, नगरपालिका मातहतका विषयगत कार्यालयका कर्मचारीहरुको समेत अत्यन्तै न्यून उपस्थिती देखिनुले सरकारी तर्फबाटै गणतन्त्रको आत्मा बुभ्mन नसकेको वा उपेक्षा गरेको हो की ? भन्ने प्रशन जनमानसमा उठेको
पाईन्छ ।
गणतन्त्र दिवसमा शसस्त्र प्रहरी बलको ब्याण्ड बाजाले मात्र शोभा बढाएको थियो । ११ औं गणतन्त्र दिवसको अवसरमा कोहलपुर चौराहबाट प्रभातफेरी
सुरु भई कोहलपुरको साझा चोकबाट परिक्रमा गरि पुनः चौराहमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै कोहलपुर नगर सरकारका प्रमुख लुटबहादुर रावतले जनताले प्राप्त गरेको गणतन्त्रलाई संस्थागत गर्न यसप्रति सबै नागरिकहरु सचेत
हुनपर्ने बताए । रावतले भने, “गणतन्त्र दिवसलाई भब्य रुपमा मनाउन मैले जनप्रतिनिधीहरुलाई उपस्थितीका लागी आग्रह गर्दा समेत उहाँहरु सहभागी नहुनु गणतन्त्रलाई कम महत्व दिएको हो की जस्तो लागेको छ ।”
त्यस्तै नेकपाका युवा नेता नरेन्द्र न्यौपानेले नेपालमा जनताको ठुलो बलिदानीपश्चात प्राप्त भएको गणतन्त्रलाई उत्पीडित जनताको घरसम्म पु¥याउने काम जनप्रतिनिधीहरुको भएको बताए । न्यौपानेले अगाडी थपे, “अब राजनितिक दलहरुमा प्रतिस्पर्धा जनउत्तरदायी भएर राष्ट्र समृद्धी कसरी गराउने भन्ने विषयमा हुन आवश्यक छ ।” त्यस्तै नेकपाकी नेतृ बसन्ती अधिकारीले गणतन्त्रलाई बलियो र संस्थागत गर्न सबै राजनितिक दलहरु मिलेर अगाडी बढ्नुपर्ने बताईन । नेपाली काँग्रेसका नगर सभापती बलराम शर्माले कोहलपुर नगरपालिकाले आस्थाका आधारमा कर्मचारी सरुवा गरेको प्रति आपत्ति जनाए ।
कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारीले नेपालमा व्यवस्था फेरीएपनि जनताको अवस्था नफेरीएको बताए । रेडक्रश उप–शाखा कोहलपुरका सभापति नारायण प्रसार गौडेलले गणतन्त्र दिवस ब्यापक सहभागीतामा उत्साहपूर्वक मनाउन नसक्नु दुखद विषय भएको बताए ।

  • १५ जेष्ठ २०७५, मंगलवार २२:४९ प्रकाशित
  • Nabintech