१४ बैशाख २०८१, शुक्रबार
काँग्रेस प्रवक्ता शर्मा कोहलपुर आउँदै
  • काँचुली खबर

पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मा सहितको टोली कोहलपुर आउने भएका छन् ।
नेपाली काँग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं.१ बाँकेले आयोजना कार्यक्रममा सहभागी हुन प्रवक्ता शर्मा सहित नेपाल जेसिजका पूर्व अध्यक्ष महेश दाहाल, नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री मिन विश्वकर्मा, नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री नविन्द्र राज जोशी र नेपाल सरकाका पूर्व मुख्य सचिव एवम् निर्वाचन आयोगका पूर्व आयुक्त भोज राज पोख्रेल जेठ १८ र १९ गतेको प्रशिक्षण कार्यक्रमा सहभागि हुने क्षेत्रीय सभापति माधवराम खत्रीले बताएका छन् । प्रशिक्षण कार्यक्रमको जेठ १८ गते भेरी शीत भण्डारको हलमा भव्य समारोहकाबीच उद्घाटन कार्यक्रम रहेको र उद्घाटन पछि १८ गते अपरान्हबाट मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा १९ गतेसम्म बन्द प्रशिक्षणको कार्यक्रम रहेको क्षेत्रीय कार्यसमितिले जनाएको छ । प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेसको वर्तमान अवस्था र कार्य दिशाका विषयमा काँग्रस प्रवक्ता शर्माले प्रशिक्षण दिनेछन् ।

यस्तै नेतृत्व प्रशिक्षण विषयमा नेपाल जेसिजका पूर्व अध्यक्ष महेश दाहाल, पार्टीको भातृ संगठन तथा जन वर्गिय संगठन तथा पार्टीको बर्तमान अवस्था र परिस्थिीमा केन्द्रित रहेर केन्द्रिय सदस्य तथा पूर्व मन्त्री विश्वकर्माले प्रशिक्षण दिने कार्यक्रम रहेको क्षेत्रीय सभापति खत्रीले बताएका छन् । यस्तै स्थानीय तहमा जनप्रतिनिधी र पार्टी संगठनको विकास निर्माणमा भूमिका विषयमा केन्द्रय सदस्य तथा पूर्वमन्त्री जोशी र नेपाल सरकारका पूर्व मुख्य सचिव एवम् पूर्व निर्वाचन आयोगका आयुक्त पोख्रेलले प्रशिक्षण दिने कार्यक्रम तय भएको बताइएको छ ।
प्रशिक्षण कार्यक्रममा क्षेत्र नं. १ का सबै वडा तहबाट नेपाली काँग्रेसका शुभेच्छुक तथा क्रियाशील सदस्यहरुले सहभागिता जनाउने क्षेत्र नं. १ का क्षेत्रीय कार्यसमिति प्रवक्ता निरज चलाउनेले बताए । प्रवक्ता चलाउनेका अनुसार कार्यक्रमको सबै तयारी पुरा भइसकेको छ ।

  • १५ जेष्ठ २०७५, मंगलवार १८:२९ प्रकाशित
  • Nabintech