१५ चैत्र २०८०, बिहीबार
चेन्नइ सुपर किङ्गस बन्याे अार्इपीएलकाे च्याम्पियन, हैदरावाद पराजित
  • काँचुली खबर

महेन्द्र सिंह ध्वनीकाे चेन्नइ सुपर किङ्गस अार्इपीएलकाे च्याम्पियन बनेकाे छ । अाइबार राती भएकाे फाइनल खेलमा हैदराबादलार्इ ८ वीकेटकाे फराकिलाे अन्तर पराजित गर्दै चेन्नइले अार्इपीएल सिजन ११ काे उपाधी जितेकाे हाे ।

टस हारेर पहिले ब्याटिङ गरेकाे सनराइजर्स हैदराबादले निर्धारित २० अाेभरमा ६ वीकेट गुमाएर १ सय ७८ रन जाेडेकाे थियाे । १ सय ७९ रनकाे विजय लक्ष्य पाएकाे चेन्नइले सहजै जित हात पार्याे। जवाफी ब्याटिङमा मैदान उत्रेकाे चेन्नइले सेन वाट्सनकाेे तुफानी सतकसँगै ९ बल बाँकी छँदै १ सय ८१ रन बनायाे । वाटसनले ५७ बल समना गर्दै ११ चाैका ८ छक्काकाे मद्धतले १ सय १७ रन बनाए ।

हैदराबादका लागि  यूसुफ पठानले ४५ रन बनाए । कप्तान केन विलियमसनले ४७ रनकाे याेगदान दिए । पठानले २५ बलकाे सामना गरेर ४ चाैका र दुर्इ छक्का प्रहार गरे । विलियमसनले ३६ बलकाे सामना गरेर पाँच चाैका र दुर्इ छक्का लगाए । शिखर धवनले २६ र शाकिब अल हसनले २३ रनकाे योगदान दिए । अन्तिममा अाएका कार्लोस ब्रैथवेटले १ण बलमा तीन छक्काकाे मद्धतले २१ रन बनाए । चेन्नइका लागि लुंगी नगिदी, रवींद्र जडेजा, शार्दुल ठाकुर, कर्ण शर्मा, ब्रावोले एक-एक विकेट लिए ।

याे जितसँगै चेन्ननइले तेस्राे पटक अाइपीएलकाे उपाधी हात पारेकाे छ । यसअघि चेन्नइले ध्वनीकै कप्तानीमा सन् २०१० र २०११ काे अार्इपीएल उपाधी जितेकाे थियाे ।  चेन्नइ लगातार उपाधी जित्ने दाेस्राे अार्इपीएल टीम बनेकाे छ । राेहित शर्माकाे कम्तानीमा मुंबई इंडियंसले पनि सन् २०१३, २०१५ र २०१७ काे उपाधी कब्जा गरेकाे थियाे ।

  • १४ जेष्ठ २०७५, सोमबार १०:५७ प्रकाशित
  • Nabintech